तिमी नहुँदा मेरो के हाल हुन्छ होला
सोच्छु साँच्चै बेहाल हुन्छ होला
छैन ज्ञात मलाई यो अन्जान शहरको
खुशीमा केही अनिकाल हुन्छ होला
गयौ रमाउँदै बन्न गुलामी विदेशीको
मनको पाटोमा अनेकौँ सवाल हुन्छ होला
नियतिले दिएको मेरो भागमा औँशी
साथमा जुन नहुँदा अन्धकार हुन्छ होला
मिहेनती, पौरखी, लगनशिल छौ तिमी
पौरखको फल पक्कै कमाल हुन्छ होला
सम्झेर आउनु मातृभूमि अनि रङ्गाउनु
गौरवान्वित क्षणमा मुस्कान अपार हुन्छ होला
“