एन आई सी एशियाको नयाँ शाखा लेकसाइडमा

 पोखरा, वैशाख ३१ । पोखराको लेकसाइडमा एन आई सी एशिया बैंकले नयाँ शाखा विस्तार गरेको छ ।

पोखराको लेखनाथ महानगरपालिका ६, कास्कीस्थित लेकसाइड शाखाको सोमबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलबाट उद्घाटन सम्पन्न भएको हो ।

सोहि समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता पौडेलले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सब्यपुर्वक सहभागी भई ३३ वटा त्यस्ता स्थानिय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एन आई सी एशिया बैंकको प्रशंसा गरेका छन् ।

उक्त समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष, वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराईले बैंकलाई शुभकामना दिएका थिए ।

एन आई सी एशिया बैंक देशभर गरी २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३४ अर्ब पुगिसकेको छ । यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *