सिरहामा करेन्ट लागेर एकको मृत्यु

२०७४ जेठ १५ गते

“
लहान । करेन्ट लागेर आज सिरहा नवराजपुर गाउँपालिका–४ का ३५ वर्षीय सूर्यनाथ यादवको मृत्यु भएको छ ।
आफ्नै खेतमा पानी तान्ने मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीलेजनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने क्रममा बाटो मै उनको मृत्यु भएको प्रहरी चौकी झाँझपट्टीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित