प्रथम इक्यान पूर्वाञ्चल शैक्षिक मेला भब्य सम्पन्न

बैशाख ३१, विराटनगर । प्रथम पूर्वाञ्चल इक्यान शैक्षिक मेला भब्यताका साथ सम्पन्न भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को पूर्वाञ्चल शाखाले गत बैशाख २७ गतेदेखि ३१ गतेसम्म आयोजित बृहत् शैक्षिक मेला भब्यताका साथ सम्पन्न भएको हो ।

२७ गते झापाको विर्तामोडबाट शुरु भएको शैक्षिक मेला मोरङको विराटनगरमा आज सम्पन्न भएको हो । पाँच दिनसम्म चलेको शैक्षिक मेलामा पूर्वाञ्चलका विभिन्न क्षेत्रका पाँच हजार बढि विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएको आयोजकले जनाएका छन् ।

इक्यान पूर्वाञ्चल अध्यक्ष रोशन निरौलाले पाँच दिनको अवधिमा पाँच हजार बढि विद्यार्थीले शैक्षिक मेला अवलोकन गरेको जिकिर गरे । ‘पूर्वाञ्चलमै पहिलो पटक आयोजना गरिएकोले हामीलाई केहि चुनौति थियो तर, मेलामा उत्साहजनक रुपमा विद्यार्थी र अभिभावकले सहभागिता जनाईदिनुभयो ।’ उनले भने ।

शैक्षिक मेलाबाट विद्यार्थीले ABROAD STUDY का विभिन्न विषयमा जानकारी हासिल गर्न सफल भएको इक्यान पूर्वाञ्चलका सचिब भीम बहादुर लिङथेपले बताए । ‘यसपटकको शैक्षिक मेलामा विद्यार्थीको उत्साहजनक सहभागिता देखेर अर्कोपटक पुनः मेला आयोजना गर्ने हौसला भएको छ ।’ उनले भने ।

शैक्षिक मेलामा स्टल राख्न काठमाडौं देखि आएका क्याम्ब्रिज इष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले इक्यान पूर्वाञ्चल शैक्षिक मेलाले मोफसलमा रहेका विद्यार्थी, अभिभावकलाई ABROAD STUDY का विषयमा यथेष्ट जानकारी दिन सफल भएको तथा वर्षौंदेखि मोफसलमा रहेर शैक्षिक परामर्श दिईरहेका ब्यवसायीको ब्यवसाय प्रर्वद्धन गर्न समेत सफल भएको बताए ।

काठमाडाैं इन्फाेसिसका विराटनगर शाखा प्रमुख प्रमाेद साेनीले शैक्षिक मेलाले विद्यार्थी अभिभावकलार्इ सहि सुचना प्रवाह गर्न सफल भएकाे बताए । ‘ABROAD STUDY कै लागि काठमाडाैं जानुपर्छ भन्ने मानसिकता विद्यार्थीमा थियाे, याे शैक्षिक मेलाले केहि हदसम्म ताेड्न सफल भएकाे छ ।’ उनले भने ।

शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्यूजल्याण्ड, इण्डिया, जापान जस्ता देशको पढाई, त्यहाँको शैक्षिक वातावरणका विषयमा विज्ञहरुसँग परामर्श लिएका थिए । शैक्षिक मेलामा विभिन्न देशका विश्वविद्यालय र कलेजहरुको समेत सहभागिता रहेको थियो । भने, राजधानी र मोफसलका उत्कृष्ट कन्सल्टेन्सीहरुले विद्यार्थीलाई करियर काउन्सेलिङ गरेका थिए ।

विद्यार्थीले ब्याचलर, मास्टर्स तहका नर्सिङ, आइटी, इन्जिनियरिङ, म्यानेजमेण्ट, कम्प्युटर साईन्स, एकाउण्टिङ, फार्मेसी, एग्रिकल्चर जस्ता विषयमा शैक्षिक मेलाबाट जानकारी हासिल गरेको मेला सह–संयोजक रवि कुमार गुप्ताले दिए । शैक्षिक मेलामा देशका उत्कृष्ट शैक्षिक परामर्श ब्यवसाथीहरुको ६० भन्दा बढि स्टलहरु रहेका थिए ।

ब्रिटिस काउन्सिल प्रस्तुतकर्ता रहेको शैक्षिक मेलाको इन एशोसिएन विथमा काठमाडौं इन्फोसिस रहेको थियो । अस्ट्रेलियाको प्रतिष्ठित कलेज क्विन्सफोर्ड कलेज पावर्डवाई रहेको मेलाको मेन स्पोन्सरमा न्यू ऐरा इन्ष्टिच्युट, सपोर्टेडमा कंगारू एजुकेशन फाउण्डेशन, प्रमोटरमा अस्ट्रेलियाको जीआइवीए रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *