सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

बुटवल, वैशाख ३१ । पहिरोका कारण अबरुद्ध बुटवल पाल्पा सडक खण्ड एघार घण्टापछि एकतर्फी रुपमा खुलेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन बिहान ७ बजेबाट दुई वटा डोजर र एउटा क्रेन प्रयोग भएका थिए ।

पहिरो पन्छाउने क्रममा माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुल्न ढिलाई भएको थियो ।

पहिरो खस्न रोकिएपछि दिउँसो पौने एकबजेबाट एकतर्फी रुपमा सडक खुलेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुई तर्फी यातायात संचालन हुने अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *