आजदेखि रैराङ हाइड्रोपावरको आइपीओ निष्कासन खुल्ला, यस्तो छ आवेदन अवधिः

काठमाडौं, वैशाख ३१ । आजदेखि रैराङ हाइड्रोपावरको आइपीओ खुल्ने भएको छ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज सोमबारदेखि १०० रुपैयाँ दरको ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

यो आइपीओमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ २९ गतेसम्म भर्न पाइनेछ ।

सी–आस्वा प्रणालीमार्फत पनि सेयर भर्न सकिनेछ । यसमा न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन मिल्ने व्यवस्था छ ।  कम्पनीले जारी पुँजी ५६ करोड रुपैयाँको १५५ सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *