पेट्रोल बमसहित समातिए विप्लव माओवादीका नेता

काठमाडौँ, वैशाख ३१ । विप्लव माओवादीका नेता पाँच थान बम सहित पक्राउ परेका छन् । विप्लव माओवादीका निकट मजदुर संगठनका एक केन्द्रीय सदस्य बम सहित पक्राउ परेका हुन् । विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य हुन् ।

पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको साथबाट पाँच थान बम बरामद भएको छ ।

उनले आफू मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी रहेको बताएको प्रहरीले जानकारी दिए ।

सोमबारको बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई हेटौंडा–८ कमानेस्थित चौवन्नधरेबाट पाँच थान बमसहित पक्राउ गरेको जनाएको छ ।

उनको साथमा प्रेसर कुकर बम रहेको सूचना प्रहरीलाई थियो । तर उनको साथबाट पेट्रोल बम बरामद भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *