महोत्तरीः केटीले नै मन्जुर नगरेपछि रोकियो बालविवाह
मकालु खबर
२०७४ जेठ १५ गते
“
महोत्तरी, वैशाख ३१ । महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ ।
जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।
जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार दुलही रागिनीले नै सो विवाह अस्वीकार गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरीको टोलीले सो विवाह रोकेको हो ।
उक्त बालविवाह रोका गरी दुलाहा र दुलहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले जानकारी दिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित