अन्तरवार्ता दिंदादिदै विप्लव कार्यकर्ता पक्राउ

लम्की, वैशाख ३० । कैलालीको लम्कीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई लम्की स्थित एक रेडियो स्टेशनमा अन्तर्वार्ता दिई रहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लम्कीमा रहेको रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिईरहेकै अवस्थामा नेता दिलबहादुर साउँदलाई पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता साउँदसंग पत्रकार युवराज न्यौपानेले अन्तर्वार्ता लिंदै थिए ।

जनताको आवाज बोल्ने संचार माध्यममा छापामार शैलीमा प्रहरी प्रवेश गर्नु निन्दनीय कुरा हो भन्दै लम्कीका पत्रकारहरुले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *