मोदीसँगको भेटमा माओवादी मन्त्रीहरुलाई लाग्यो यस्तो झड्का !

काठमाडौँ, वैशाख ३० । ओलीले मोदी भ्रमण सफल र उपलब्धिमुलक भएको भन्दा सत्ता साझेदार माओवादी केन्द्रका नेताहरुरुष्ट देखिएका छन् ।

स्रोतका अनुसार मोदी भारत फर्किएलगत्तै प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेट भएको थियो । भेटमा एमाले अध्यक्षसमेत रहेका ओलीले मोदीको भ्रमण अत्यन्त सफल भएको र आफू निकै प्रसन्न रहेको सुनाएका थिए । पार्टी एकताको प्रक्रियामा हुँदा पनि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आफूहरुलाई त्यसअनुसार व्यवहार नभएकोमा माओवादी नेताहरु असन्तुष्ट देखिएका हुन् ।

मोदी नेपाल आउनुपूर्व प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग परामर्श गरे । तर, सत्तारुढ घटकका रुपमा ओलीले माओवादी नेतृत्व र मन्त्रीहरुसँग कुनै छलफल नै गरेनन् ।

त्यस्तै माओवादीले वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई बाइपास गरेकोमा पनि माओवादी नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

२८ गते प्रधानमन्त्री ओली र मोदीबीच द्वारिकाज होटलमा वान टु वान वार्ता भयो । लगत्तै द्वीपक्षीय वार्ता भयो र दुई प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरे । तर, उर्जामन्त्री वर्षमान पुन देखिएनन् । उनलाई नेपाली टोलीमा समावेश नै नगरिएको माओवादी निकट स्रोतको दाबी छ ।

एमाले र माओवादी केन्द्रबीच गत वैशाख ९ मा नै पार्टी एकता एकता गर्ने भनिएको थियो । तर, यो सम्भव भएन र जेठ पहिलो साताको नयाँ भाका राखिएको भएतापनि पार्टी एकतामा पनि माओवादी र एमाले नेतृत्वमा अविश्वास बढ्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *