मोरङको बीच सडकमा भेटियो शंकास्पद वस्तु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

विराटनगर, वैशाख ३० । मोरङमा बीच सडकमा शंकास्पद वस्तु फेला परेको छ । मोरङको सुन्दरहरैचाको वडा नं ४ र ६ को सिमानामा पर्ने पूर्व–पश्चिम राजमार्गको सडकमा आइतबार शंकास्पद वस्तु फेला परेको हो । नगरपालिकाको दुलारीमा शंकास्पद वस्तु फेला परेपछि पूर्व–पश्चिम राजमार्गको आवतजावतमा अवरुद्ध भएको छ ।

सडकको मुख्य भागमा दुईवटा वट्टामा पहेँलो टेपले बेरेर तार निकालिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको र सडकको केन्द्र भागमा शकास्पद वस्तु फेला परेपछि आइतबार बिहान सात बजेदेखि सो सडक अबरुद्ध भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार, सडकमा फेला परेको शंकास्पद वस्तु हटाउन नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको र शंकास्पद वस्तु बम हो या होइन भन्नेबारे केही नखुलेको प्रहरीले जानकारी दिएका छन् ।

शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने आंशका प्रहरीले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *