काँग्रेस अब नयाँ शिराबाट अघि बढाउनुपर्नेमा जोड

काठमाडौं, वैशाख २९ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज बिहान राससकर्मीसित कुरा गर्दै उहाँले भन्नुभयो, “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन ।अहिले समाजका मुद्दा फेरिसकेका छन्, त्यसैले अहिले फेरिएको नेपाली समाजअनुसार काँग्रेस अघि बढ्न आवश्यक छ ।”

अब काँग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । काँग्रेसलाई जनताको घरघर र टोलटोलमा पु¥याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =