ओली र मोदीबीच ‘वान टू वान’ भेटवार्ता

काठमाडौँ, बैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा ‘वान टू वान’ (एक्लाएक्लै) भेटवार्ता भएको छ।

दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटवार्ता सकिएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी गरिनेछ । शुक्रबार साँझ नै दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी छ ।

होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोटमार्फत् गर्नेछन्। सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन्। यसअघि मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अनर दिइएको थियो। गार्ड अफ अनरपछि मोदी राजनितिक भेटघाटमा व्यस्त छन्।

प्रधानमन्त्रीसँगको भेटअघि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *