टुँडिखेलमा मोदीलाई गार्ड अफ अनर
२०७४ जेठ १५ गते

“
काठमाडौँ, बैशाख २८ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’को सम्मान प्रदान गरिएको छ।
शुक्रबार अपरान्ह उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट ‘गार्ड अफ अनर’को सम्मान दिइएको हो।
टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने उनी दोस्रो विदेशी प्रधानमन्त्री हुन्। यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई गत फागुन २१ गते ‘गार्ड अफ अनर’को सम्मान दिइएको थियो।
विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरू गरेको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








