सुन्दर छ हाम्रो नेपाल !!

 

 

 

 

 

 

 

 

मलाई गाउँ मन पर्छ, तिमी शहर घर लिने कुरा गर्छौ
मलाई हरियाली मन पर्छ, तिमी झकमक्क तिर झरौं भन्छौ

मलाई ढिंडो गुन्द्रुक मन पर्छ, तिमी मसिनो मिठो भन्छौ 
मलाई साधारण अचार खाना मन पर्छ, तिमि महंगों भन्छौ
मिठो हुन्छ गाउँ घरको सामीप्य
!!

मलाई गाउँको स्कूल मन पर्छ, तिमी शहरको बोडिङ् भन्छौ
मलाई गाउँको चौतारी मन पर्छ, तिमी शहरको बजार भन्छौ

मलाई पुराना दौतारी मन पर्छ, तिमी बिर्सिदेउ भन्छौ
मलाई पुर्खेउली झुपडी मन पर्छ, तिमी शहरको महल भन्छौ
बुझ मिठो हुन्छ गाउँको सामीप्य
!!

मलाई पैदल यात्रा मन पर्छ, तिमी मोटर कार भन्छौ
मलाई नेपाली पोसाक मन पर्छ, तिमी जिन्स टिसर्ट भन्छौ

मलाई गुन्द्रीमा सुत्न मन पर्छ, तिमी फोमको ब्याड भन्छौ
मलाई बलियो चप्पल मन पर्छ, तिमी लामा जुत्ता भन्छौ
मलाई निकै मन पर्छ गाउँको समीप्यता
!!

मलाई सिंगो नेपाल मन पर्छ, तिमी संघीय ब्यबस्था भन्छौ
मलाई स्वायत्त राज्य मन पर्छ, तिमी क्षेत्रीय राज्य भन्छौ

मलाई नेपालीपन मन पर्छ, तिमी अमेरीकाको कुरा गर्छौ
मलाई सयौ जात मन पर्छ, तिमी आफ्नो राज्य खोज्छौ
निकै सुन्दर छ हाम्रो नेपाल

!!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =