आज अप्रिल फुल ‘मुर्ख दिवस’ ढाट्ने र झुक्याएर मुर्ख बनाउनेदेखि होशियार

काठमाडौं , चैत १८ । अाज अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको १ तारिख हाे । अप्रिल १ तारिकलार्इ विभिन्न देशहरूमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । यस दिनलाई ‘मूर्ख दिवस’ पनि भन्ने गरिएको छ । पछिल्लाे समय नेपालमा पनि युवा पुस्ताले  यस दिवसलार्इ निकै रूचीका साथ मनाउने गरेका छन् ।

यस दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई मूर्ख बनाउने वा झुक्काउने गरिन्छ । यो दिन एक अर्कालाई हानी नपुरयाई मुर्ख बनाएर मनाइन्छ ।

१ अप्रिललाई मजाक गर्ने दिवसका रुपमा पनि लिइन्छ ।अप्रिल फुलका नाममा तर कतिपयले भने अनावश्यक दुख दिने र अप्रिय घटनाकाे भएकाे समेत भन्ने गरेकाे पाइएकाे छ ।

पश्चिमा मुलुकमा वर्षौ अगाडि अप्रिल एक तारिखलाई विश्व मूर्ख दिवस भनेर घोषणा गरिएको थियो । त्यसले अहिले विश्वभर व्यापकता पाएको छ । यो दिवस अाैपचारिक रूपमा कुनै पनि देशमा नमनाइए पनि  रमाइलाेका लागि धेरैजसाे देशहरूमा मनाउने चलन छ ।

अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने कतै एकिन तथ्याङ्क छैन । ग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तर  मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि नयाँ वर्ष मनाउन सुरु गरिन्थ्यो ।

जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।  जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ बर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले । कतिपयल यही तथ्यलार्इ अप्रिल फुल मनाउनुकाे कारणका रूपमा समेत ब्यााखा गर्ने गरेका छन् ।

विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *