कांग्रेसका नेता खड्काको पार्थिव शरीर अाज नेपाल ल्याइँदै

काठमाडौं, चैत १७ ।  नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइँदैछ । बेलुकीसम्ममा उहाँको पार्थिव शरीर नेपाल ल्याएर आइतबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार बेलुकी निधन भएको हो । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । उहाँको अन्त्येष्टि अाइतबार गरिने परिवारले बताएका छन् ।

नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।अाइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *