चैत्र २३ मा हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौँ, चैत १६ । अस्थायी शिक्षकको परिक्षा स्थगित भएको छ । शिक्षक आयोगले एक सूचना प्रकाशित गर्दै चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परिक्षा स्थगित भएको जनाएको हो ।

संयुक्त विधार्थी संगठनले माइतीघर मण्डलामा अस्थायी शिक्षकको परिक्षा स्थगितको माग गर्दै आज एक घण्टा चक्काजाम गरेका थिए ।

उनीहरुले शिक्षा ऐन–२०२८ को नवौँ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *