भस्मे डन भए ‘हरि’ हेर्नुहाेस् लुक्स (ट्रेलर सहित)

चैत्र १६, काठमाडाैं । पशुपति प्रसादमा भस्मे डन बनेर चर्चामा अाएका अभिनेता विपिन कार्की अभिनित नयाँ फिल्म ‘हरि’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा कार्की भिन्न चार रूपमा देखिएका छन्।

फिल्ममा उनलाई तालिका अनुसार काम गर्ने पात्रका रूपमा प्रस्तुत गरिएको छ। फिल्म आगामी वर्ष जेठ ४ मा रिलिज हुनेछ।

सफल केसी र प्रतिक गुरुङले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका छन्। फिल्ममा विपिनका अलावा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय रहेको छ।

छड्के, पशुपति प्रसाद, जात्रा, नाका जस्ता चलचित्रमा फरक फरक अभिनय गरेर चर्चामा अाएका विपिनकाे ‘हरि’ले उनकाे अभिनयलार्इ कत्तिकाे न्याय गर्ला त्याे अाउँदाे जेठ ४ पछि नै थाहा हुन्छ । तर, नेपाली चलचित्रमा फरक र सजिव अभिनय गर्न सफल विपिनलार्इ ट्रेलरमा प्रमुखताका साथ राखिएकाे छ ।

ट्रेलर हेर्नुहाेस्

https://www.youtube.com/watch?v=ladYWMXx53s”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *