‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन अाजदेखि सुरु

काठमाडौं, चैत १६ । नेपाल टेलिकमले शुक्रबारदेखि प्रिपेड मोबाइलमा सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन सुरु गरेकाे छ ।

यो सेवाले  प्रिपेड फोनका ग्राहक फोन गर्दागर्दै पैसा सकिए ऋण उपलब्ध गराउनेछ । यस अघि पैसा सकिए कुरा गर्दा गर्दै फोन काटिने समस्या अब हट्ने टेलिकमले जनाएको छ ।

यो सेवा अन्तर्गत दिइएको ऋणमा कुनै ब्याज नलाग्ने पनि टेलिकमले स्पष्ट पारेको छ ।  टेलिकमले १४ वर्ष पूरा गरी १५ वर्ष पूरा गरेको अवसर पारेर  नै यस अघि कम्पनीले यो योजनाको सफ्ट लन्च सुरु गरेको थियो ।

सापटी कसरि लिने ?

नेपाल टेलिकमले सापटी सुविधा अन्तर्गत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्म प्रदान गर्नेछ । सापटी लिनका लागि प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा पठाउनुपर्छ।

सेवा लिन नचाहेको खण्डमा भने stop टाइप गरी १४७७ मा एसएमएस पठाउनु पर्नेछ । यसरी प्रयोग गरेको रकम मोबाइलमा रिचार्ज गरेपछि काटिनेछ । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *