प्रधानमन्त्री कार्यालयमा कर्मचारी थपियो

५ वटा महाशाखा थपिए 

काठमाडौं, चैत १६ । सरकारले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन् ।

मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी संख्या २ सय ३२ पुर्याइएको छ । यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ दरबन्दी थियो ।  केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवालयमा कर्मचारी संख्या कटौती गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा ५ वटा महाशाखा थपिएका छन् । थपिएका महाशाखाहरु:

-आनवअधिकार तथा अन्तराष्ट्रिय सन्धीसम्झौता महाशाखा
-राष्ट्रिय सुरक्षा तथा कूटीनिक समन्वय महाशाखा
-लगानी तथा रोजगार प्रवद्र्धन महाशाखा
-पूर्वाधार विकास महाशाखा
-कानुन तथा फैसला महाशाखा (कानुन महाशाखालाई टुक्रयाएर)

यसैबीच,  सरकारले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्र रहेका २१ मन्त्रालयबाट ६ सय २१ कर्मचारी दरबन्दी कटौती गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकद्धारा पारित प्रस्तावअनुसार २१ मन्त्रालयमा कर्मचारी दरबन्दी संख्या २ हजार ६ सय ५२ कायम गरिएको हो ।

यसअघि ती सबै मन्त्रालयमा गरी कर्मचारी दरबन्दी संख्या ३ हजार २ सय ६४ थियो । कटौती भएको दरबन्दीमध्ये खरिदार र सुब्बाको संख्या दुई सय हाराहारीमा छ । श्रेणीविहीन, कार्यालय सहयोगी, सवारी चालकको दरबन्दी पनि कटौती गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *