‘हेटौंडाबाट राजधानी सार्न खोजे प्रतिकार’

हेटौँडा, चैत १५ । प्रदेश नं ३ को राजधानी हेटौंडा नै रहने कि अन्यत्र सार्ने भन्ने अन्यौलबिच राजधानी नसार्न विद्यार्थीहरुले दबाब दिएका छन् । उनीहरुले राजधानी अन्यत्र सार्न खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।

बिहिबार हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मकवानपुर बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले हेटौंडामा दवाब र्यालीको आयोजना गरेको हो ।

क्याम्पस हाताबाट सुरु भएको र्याली हेटौँडाको विभिन्न चोकहरु हुँदै सिमाचोकमा गएर टुंगिएको थियो । विद्यार्थीहरुले हेटौँडानै राजधानीकोलागि सबैभन्दा उपयुक्त रहेको भन्दै राजधानी सार्ने विषयलाई अन्त्य गर्न आग्रह गरेका छन् ।

सिमाचौकमा भएको कोण सभामा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन मकावानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसीले हेटौँडाबाट राजधानी सार्न खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिए । उनले कुनै पनि हालतमा हेटौंडा नै स्थायी राजधानी हुनुपर्ने बताए । र्यालीमा सयौं विद्यार्थीहरु सहभागी थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *