कास्की प्रहरीद्धारा मोटरसाईकल र स्कुटर चोरी गर्ने गिरोहको १९ जना पक्राउ

पोखरा, चैत १३ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर बेचबिखन गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ । पछिल्लो समय पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी हुने क्रम बढेको जन गुनासो व्यापक भएपछि प्रहरीले बाइक तथा स्कुटर चोरीमा संलग्न १९ जना समुहको गिरोहलाई नै पक्राउ गरेको हो ।

स्कुटर र मोटरसाईकलहरु चोरी गरी सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि बेचबिखन गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा प्रहरीले गण्डकी अञ्चलका बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलन गर्नु केही समय अगाडी आजै पोखराको नदीपुर स्थित फ्लिम हलको पार्किङमा मोटरसाइकल चोर्दै गरेको अवस्थामा पक्राउ गरेका २ जनालाई समेत सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार तनहुँको भिमाद गाउँपालिका वडा नं ६ बस्ने दिवस रानाले चोरी गरिएका मोटरसाइकल खरिद गर्ने र वर्कसप सञ्चालक सँग मिलेर चोरी गरिएका मोटरसाइकल बेचबिखन गर्ने खुलासा भएको हो ।

घटनामा संलग्न उनीहरुलाई पक्राउ गरिएपछि गिरोहका अन्य संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । प्रहरीले सार्वजनिक गरेका मोटरबाईक तथा स्कुटर चोरीमा संग्लन व्यक्तिहरुमा क्रमश तनहुँ भिमाद गाउपालिका ६ माझकोटका २२ बर्षीय दिबश राना, भिमाद नगरपालिका बागटारका ४० बर्षिय कृत बहादुर नेपाली, बागटारकै १९ बर्षिय अर्जुन नेपाली, भिमाद ४ पिरुङका २२ बर्षिय सुनिल थापा, पिरुङ ७ को बर्ष १९ को सुरज राना, भिमाद ७ राङरुङको बर्ष २२ को रेशम आले रहेका छन् ।

त्यसैगरी स्याङजा हरिनाथ गाउँपालिका ७ चाङसिङका बर्ष २२ को मदन चन्द ठकुरी, पाङमि ७ कोे बर्ष २० को लक्ष्मण परियार, हरिनाश ६ देगाछापका बर्ष २२ को अरुण आले, हरिनाश २ गुरुजाका बर्ष २८ को ओम राना, हरिनाश ४ गिरकोटको बर्ष २० को रेशम आले, हरिनाश ७ चाङसिङका २८ बर्ष डोलराज चन्द्र ठकुरी, ७ चाङसिङकै बर्ष २४ को हिरा सिंह थापा , पोखरा लेखनाथ महानगरपालिका १० रामवजारका बर्ष २० को बिकाश क्षेत्री,रामवजारकै बर्ष १९ को अभिषेक सुनार रहेका छन् ।

त्यसैगरी नवलपरासीको बुङदिकाली गाउपालिका ३ सिउन बस्ने बर्ष २२ को युवराज रुचाल, वारा जिल्ला इनरुवा नगरपालिका २० गोटवडिवाको बर्ष १७ को उचिर चुरिहार, वारा विरगंज गाउँपालिका १ त्रिवेणीको २२ बर्षिय रामबाच दास र भारत मोतिहारि जिल्ला सिक्ताको बर्ष १७ को संम्शाद आलम रहेकाछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *