ईयुको प्रतिवेदनमाथि बोल्यो कांग्रेस ‘हाम्रो संविधान सिंगै ईयुको भन्दा राम्रो’

काठमाडौं, चैत १२ । युरोपियन युनियन(ईयु) को विवादास्पद प्रतिवेदनमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ढिलो गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

कांग्रेसले जारी केन्द्रीय समितिको बैठकबाटै युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न पनि सचेत गराएको छ ।

सोमबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले नेपालको संविधान सिंगै युरोपको भन्दा पनि उत्कृष्ट रहेको दाबी गरे ।

मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘युरोपली युनियनको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक छन्’ उनले भने ‘निर्वाचनको पर्यवेक्षणका लागि आएको युरोपेली युनियनले प्रतिवेदन जारी गर्दै गर्दा संविधानमाथि नै गरेको टिप्पणी कार्यक्षेत्रभन्दा बाहिर गएको छ । मर्यादाबाहिर गएर गरेको टिप्पणीप्रति हाम्रो आपत्ति छ’ ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको छ । नेपाल सरकारले यसप्र्रति आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले युरोपेली युनियनलाई नेपालको संविधानको अबमूल्यान नगर्न चेतावनी दिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *