‘औद्योगिक ग्राम’ नबन्दा उद्योगी हैरान

ललितपुर, चैत ११ । ‘औद्योगिक ग्राम’ नबन्दा लुभू र बाँडेगाउँका कपडा व्यवसायीलाई व्यवसाय चलाउन कठिन भएको छ ।

लुभू र बाँडेगाउँमा धेरै व्यवसायीले कपडा उत्पादन गर्दै आएका छन् । बाक्लो बस्तीमा उद्योग सञ्चालन हुँदै आएको ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नं २ का अध्यक्ष जुजुकाजी महर्जनले बताए । बस्तीमा कुनै पनि व्यक्तिले उजुरी गर्नासाथ उद्योग बन्द हुने अवस्था छ । उनी भन्छन् । “औद्योगिक ग्राम शुरु भएमा हामी व्यवसायीले पनि निर्धक्क भएर उद्योग सञ्चालन गर्न पाउँथ्यौँ र अरुलाई पनि बाधा पुग्दैन ।” उद्योगले ध्वनि प्रदूषण गर्ने हुँदा छिमेकीको गुनासो बढदै आएकोे छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता हुँदा चारजना छिमेकीको सिफारिस चाहिन्छ । तीमध्ये एकजनाले उजुरी गर्नासाथ उद्योग बन्द हुन्छ । उनी भन्छन् । “आजसम्म चलिरहेको उद्योग कतै भोलि बन्द हुने हो कि भन्ने चिन्तामा हामी छौँ ।” छिमेकीले उजुरी गर्दा केही उद्योग बन्दसमेत भएका छन् ।

यस ठाउँको कपडा व्यवसाय यहाँको जीविकोपार्जनमात्रै नभएर संस्कृतिसँग पनि जोडिएको छ । यहाँका अधिकांश व्यवसायीको यो पुख्र्यौली पेशा हो । लुभू र बाँडेगाउँमा गरेर झण्डै १८० जना व्यवसायी कपडा उद्योगमा संलग्न छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *