ईयुलाई प्रधानमन्त्रीको चेतावनी ‘हामी अरुले हेपेको सहन्नौं’

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले कहिल्यै पनि अरुको हेपाई नसहने अन्तरर्राष्ट्रिय जगतलाई स्मरण गराएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले युरोपियन युनियनले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको र नेपालीलाई हेपेको भन्दै त्यसो नगर्न ईयुलाई चेतावनी दिए ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएर नेपालको सार्वभौमसत्ता र नेपालमा अहिलेसम्मको राजनीतिक उपलब्धीको अवमूल्यन गरेको प्रधानमन्त्री ओलीले बताए ।नेपालको परराष्ट्र मन्त्रालयले असन्तुष्टी जनाइसकेपछि प्रतिवेदन सच्याउला भन्ने अपेक्षा गरे पनि ईयू झन् जिद्दिपूर्ण देखिएको भन्दै ओलीले यसबाट आफू र नेपाली जनताले हेपिएको महसुस गरेको बताए ।

उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ, यसबाट नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेका छन् ।’प्रधानमन्त्री ओलीले प्रश्न गरे, यो नेपालको सार्वभौमसत्ता र नेपालको उपलब्धीलाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो ?’

नेपाल देश गरिब र अविकसित भए पनि प्रजातन्त्रका लागि कसैको भन्दा कम योगदान नरहेको भन्दै ओलीले त्यसमा आफूहरुलाई कमजोर नआक्न चेतावनी दिए ।

मतदान गर्न योग्य धेरै नेपाली नागरिक विदेशमा रहे पनि ७० प्रतिशत भन्दा बढी मत खस्नु चानचुने कुरा नभएको भन्दै उनले नेपालीलाई चुनौती दिन ८० प्रतिशत मतदानको उदाहरण लिएर आउन आग्रह गरे ।

‘भोट हाल्न जानेन होला, हाम्रो बाध्यताले बाहिर बस्नुपरेको होला’ ओलीले भने ‘ तर नेपाली जनताको लोकतन्त्रप्रतिको सजगतामाथि प्रश्न उठाउने ठाउँ छैन ।’

निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदनमा नलिन पनि आग्रह गरे ।

आफूहरु संसारका सबै देशसँग मिलेर काम गर्न इच्छुक भएको भन्दै कोही भन्दा कम हैसियतको भए सम्बन्ध नराख्ने ओलीले बताए । हामी कोहीभन्दा कम होइन, डेमोक्रेसीका लागि कसैले भन्दा कम संघर्ष गरेका छैनौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले निर्वाचनको समयमा निर्वाचन आयोग भने पूर्वाग्रही देखिएको भन्दै आलोचना गरेका थिए ।

आफूले नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो भन्दा किन कारबाही नगर्ने भनी आयोगले पत्र पठाएको स्मरण गर्दै उनले निर्वाचनको समयमा सरकारले पटक पटक सरकार विस्तार गर्दा पनि आयोग मुकदर्शक बनेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।

चुनावका लागि उम्मेदवार तय गरिसक्दा पनि नगरपालिका र गाउँपालिका थप गरिरहँदा पनि आयोग चुप बसेको ओलीले गुनासो गरे । ‘ एउटा संवैधानिक संस्था सुध्रियोस् भनेर मैले यति भनेको हुँ, कसैको आलोचना गरेको होइन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *