गाेर्खाल्याण्ड, चिल्लाे गाडी र भयभित मनहरू
“
१४ नवम्बर २०१७ मा गाेजमुमाे प्रमुख बिमल गुरूङले पश्चिम बंगाल सरकार बिरूद्ध भारतकाेे सर्वाेच्च अदालतमा एउटा मुद्दा दायर गरेका थिए। वादी र प्रतिवादी पक्षकाे १९ पटककाे दलिल सुनुवाई पछि, माननिय सर्वाेच्च अदालतकाे सम्माननीय न्यायधीसद्वय ए.के. सिक्री अनि अशाेक भुषणकाे खण्ठपिठले १६ मार्च २०१८ काे दिन यसकाे फैसला सुनाए। भारतको संविधानकाे धारा 32 लाई अाधार बनाएर, मुद्दा स. WB (Crl) No. 000182/2017 अन्तर्गत गाेजमुमाे प्रमुख बिमल गुरूङले अाफु अनि अाफ्नाे पार्टी कार्यकर्तामाथि षडयन्त्र गरि मुद्दाहरू लगाईएकाे अाराेप लगाउँदै निम्न कुराहरूकाे माग माननीय अदालत समक्ष राखेका थिए।
(१) १०४ दिनकाे बन्द अवधि पहाडमा भएकाे घट्नाहरूकाे दाेष गाेजमुमाे प्रमुख बिमल गुरूङ र कार्यकर्ताहरू माथी लगाउँदै, बंगाल सरकारले झुटाे मुद्दामा अाफुहरूलाई फसाउँन खाेजेका बताउँदै, सम्पुर्ण घट्नाहरूकाे जाँच NIA / CBI वा अन्य स्वतन्त्र निकायद्वारा हाेस्। पश्चिम बंगाल सरकारकाेअधिनस्थ अनुसन्धानकर्ता रहे छानबिन कार्यमा प्रभाव पर्न सक्ने अनुमान गरि यस्ताे निवेदन गरिएकाे थियाे।
(२) बिमल गुरूङ एक स्थापित राजनैतिक दलका नेता, GTA काे प्रमुख रहिसकेका साथै पहाडमा उनकाे व्यापक जन समर्थन रहेकाेले उनकाे मुद्दाहरूमा अन्तरिम जमानत स्विकार गरिनु पर्ने बिन्ती माननीय अदालत समक्ष गरिएकाे थियाे।
(3) बिमल गुरूङले गाेर्खाल्याण्ड मागेकाे कारणले बंगाल सरकारले कुनै पनि समय दुश्मनी निकाल्न सक्ने शंका ब्यक्त गरेर, उनलाई पुलिसकाे सुरक्षा प्रदान गरिन पर्ने निवेदन पनि गरिएकाे थियाे।
(४) बंगाल सरकारबाट अनावश्यक दुःख दिने भयले, बिमल गुरूङ साथै सम्पुर्ण गाेजमुमाे समर्थकहरूकाे मुद्दाकाे सुनुवाई बंगालदेखी बाहिरकाे अदालतमा सारिनु पर्ने बिन्ती चढाईएकाे थियाे।
माननीय अदालतले बिभिन्न कारणहरू देखाउँदै ६२ पृष्ट लामाे निर्णय प्रकाशित गरे। अरू राज्यहरूकाे बिरूद्ध रहेकाे उस्तै प्रकारका मुद्धाहरूमा लिएकाे फैसला, राज्यकाे कानुन ब्यवस्था माथीकाे जिम्मेवारी, अान्दाेलन अवधि भएकाे हिंसा, राज्यभित्र बिमल गुरूङमाथी रहेकाे अन्य मुद्दाहरूलाई अाधार बनाएर, “”बिमल गुरूङद्वारा बंगाल सरकारमाथी लगाईएकाे मुद्दा”” भारतकाे सर्वेच्च अदालतले खारेज गरिदियाे। साथ साथै उनलाई पक्राउ गर्न नपाईने अन्तरिम अादेश पनि फिर्ता लिए। याे मुद्दा, अनुसंधान गर्ने निकाय र मुद्दा बंगाल बाहिर सारिनु पर्नेमा केन्द्रित रहेकाेले, माननीय अदालतकाे फैसला पत्रकाे पृष्ट ५८ र ५९ काे ४६ न. बुँदामा यसाे भने:
“”…………For a victim the investigation in a case is of much significance. In the event, proper investigation is not carried out and relevant evidence which would have been collected by due care and caution,is not collected, the victim is sure not to get justice on such faulty invetigation. In case of faulty invetigation,where an accused has been wrongly roped in he has right to seek all remedies before court of law foe further investigation and a court of law is able to marshal all evjdence and capable of discrening truth from evidence on record………..””
यसले छानबिन र जाँच कार्य सन्ताेष जनक नरहे, बिमल गुरूङलाई अदालतकाे शरणमा जाने प्रशस्त स्थान दिएकाे छ।
दिल्लीमा यसकाे प्रभावः
फैसला अाफ्नाे पक्षमा अाउँने अाशा गरेका गाेजमुमाे र भाजपाका नेता/कार्यकर्ताहरू र कानुनविदहरू निक्कै अबेरसम्म क्षेत्रका सांसद अाहलुवालियाकाे घरमा भेला भएकाे सुत्रद्वारा जानकारी पाईयाे। सम्भवतः उक्त फैसलामा भएकाे गल्तीहरूकाे चर्चा-परिचर्चा र बिमल गुरूङ अघि रहेका बिकल्पहरूकाे खाेजी गरिएकाे हुन सक्छ-
(१) माननीय अदालतकाे फैसलाका रहेकाे कमी – कमजाेरीहरू कानुनविद्हरूकाे सहायताबाट निकाल्न सके, फैसलाकाे ३० दिन भित्रमा समिक्षाकाे निम्ति पुनः याचिका दाखिल गर्न सकिने प्रावधान।
(२) दार्जिलिङ समस्याकाे संवैधानिक निकाश।
(३) तृपक्षीय वार्ताकाे पहल।
(४) बिमल गुरूङलाई अदालतमा समर्पण गराएर, उनकाे मुद्दाकाे जमानत प्रकृया शुरू।
पहाडमा यसकाे प्रभावः
फैसला पर्खेर बसेका बिमल समर्थकहरू निराश देखिए। पहाडमा “”बिमल गुरूङ हार्यो, अब पुलिसले पक्रन्छ”” भन्ने कुरा डढेलाे जस्तै सल्किए। सत्यता नबुझी कागकाे पछि कुद्ने हाम्राे जातिलाई, यति भए पुगि हाल्याे। बिनय समर्थकहरू निक्कै सक्रिय देखिए। रातभरि साथीहरूकाे चहल-पहल निक्कै देख्न पाईयाे। कसैले स्थानिय कानुनविदहरू संग प्रश्न तेर्स्याए भने, कसैले गाेर्खाले न्याय नपाएकाे भनेर असन्ताेष ब्यक्त गरे। फेसबुक र सामाजिक संजालहरूकाे पृष्ठभरि बिभिन्न अडकलबाजीहरू देख्न – पढन पाईयाे। बिनय तामाङ र अरूण छेत्रीले त “”बिमलले मुद्दा हार्यो”” भनेर मिडियामा बयान पनि दिई हाले। बिनयले बिमललाई त्यहि बेला अातंककारीकाे संज्ञा दिएर १०४ दिनकाे अान्दाेलनकाे सबै दाेषहरू उसैलाईनै खन्याएर अाफु पानी माथीकाे अाेभानाे बने। अाफ्नाे शहिदहरूकाे कुरा नगरे पनि, पुलिसलाई ढुंगा हानेकाे र “”मल्लिक”” मरेकाे कुरा गर्न भने भुल्दैनन् बिनय। अाफ्नै अाँखाले देखेकाे जस्ताे “”पुलिस मार्ने, बम पढकाउँने बिमल हुन्”” भन्छन्। कानुनकाे किताब खर्लप्पै खाएकाे जस्ताे गरि, सजाय पनि ताेकी हाल्छन्। जनतालाई बिमल अब अस्ताएकाे घाम, ईतिहास, राजनैतिक जीवन सकियाे, कानुनकाे फन्दा अादि कुराहरू गर्दै, १८ मार्चकाे दिन कुमानीमा त “”बिमलकाे तारिख पर्खिएर बस”” भनी ब्यङ्ग्यात्मक धम्की पनि दिईहाले। ईतिहास र अस्ताएकाे घामसंग रहेकाे उनकाे भय जति लुकाउँदा पनि लुकेन, प्रष्ट देखियाे।
के साँच्चै बिमल पहाडबाट पलायन भएकाे हाे ?
याे प्रश्न अाज विश्वभरि छरिएर बसेका गाेर्खाहरूकाे मनमा उठिरहेकाे छ। कानुनी रूपमा बिमल गुरूङमाथी लागेकाे मुद्दाकाे सुनुवाई भएकै छैन। मुद्दा भनेकाे अाज लागेर भाेली सकिने कुरा हाेईन। अदालत पक्का – पक्कि निर्णयमा नपुगे सम्म यसकाे सुनुवाई चलिरहन्छ। सर्वाेच्च अदलतले बिमल गुरूङलाई अदालतकाे शरणमा जान सक्ने प्रशस्त छुट् दिएका छन्। बिमल गुरूङ संग अहिले पनि कानुनका जाने-माने खेलाडीहरू छन्। सांसद अाफै अाएर बिमल गुरूङलाई मर्न नदिने बयान दिई सकेकाे अवस्थामा केन्द्र सरकार अहिले पनि बिमल गुरूङलाईनै गाेर्खाहरूकाे नेता मान्छन्। केन्द्रमा गाेप्य रिपाेर्टहरू दिनहु पुग्ने गर्छ। बिमल गुरूङलाई अहिले पनि पहाडमा जनताले प्रतिक्षा गरिरहेका छन्। त्यसैलाई अाधार मानेरनै भाजपा अझ पनि संसदकाे अाशामा छन्। झुटाे केश, रहल बिल, वर्क डनमा गरेका कामहरू, अाधा लगानी गरि सकेकाे धन, नयाँ कामकाे लाेभ र पुलिसकाे रेडकाे डरले बिनयकाे पछि-पछि हिडनेहरूमा पनि बिमल प्रतिकाे सहानुभूति र माँया अाज पनि उत्तिकै छ। बिद्यालय, कलेज, कार्यलय, युवा शक्तिहरूमा बिमलले एउटा गाेर्खा हुनुकाे अर्थ ब्यवहारिक रूपमा देखाएकाे चर्चा गर्छन्। राज्य सत्ताकाे थिचाेमिचाे, अन्याय र अत्चारकाे बिराेधमा “”भाले जुझाई”” गर्ने बिमलकाकाे दृडता देखेर बिगतका उनका कटु अालाेचकहरू पनि अाज समर्थक बनिसकेका छन्। भारतकाे राजनितीमा कुनै पनि बेला अनपेक्षित केही पनि हुन सक्छ। गाेर्खाल्याण्डकाे दृढ संकल्प बाेकेकाे बिमल गुरूङलेनै गाेर्खाहरूकाे भाग्य लेख्न सक्छन भन्ने जन बिश्वास छ। बिमल गुरूङ सजिलै हार मान्ने खालका हाेईनन् र उनकाे पुनः अागमन हुन्छै हुन्छ। जब सम्म बिमल गाेर्खाल्याण्डकाे भाेकाे छ, तब सम्म उनि पलायन हुने कुरै अाउदैन।
अब के हाेला त ?
याे प्रत्येक गाेर्खाकाे मनमा अाज उठिरहेकाे अर्काे जटिल प्रश्न हाे। २०१७ काे भाषा अतिक्रमण पछिकाे अान्दाेलनले एकपल्ट ममताकाे साताे खाएकाे थियाे। १०४ दिनकाे बन्द अवधिमा साेझाे जनता रात दिनकाे नारा जुलुसमा थिए। सम्पुर्ण दलहरूले GTA गाेर्खाल्याण्डकाे मार्गमा बाधा हाे भन्ने ठहर गरे। सबैकाे अाग्रह मानेर बिमल गुरूङले GTA थन्काे लगाए। सबै भन्दा धेरै उत्साहित भएर बिनय तामाङले उफ्रि-उफ्रि GTA काे खेस्रा जलाए। केहिदिन भित्रै सुटुक्क उत्तर कन्याबाट त्यै चाैकी भिखमा लिएर हाँस्दै पहाड चडे। हिज सम्म ममताकाे प्रत्येक काममा षड्यन्त्र देख्ने बिनय अचानक ममताकाे “”साख्खे”” भएर अाए। हिज सम्म हाम्राे भाषा माथि अतिक्रमण गर्यो भनेर घाेक्राे सुकिञ्जेल कराउने बिनय, रातारात ममताकाे गुणगाण गाउँन थाले। हिज सम्म जनताले थाहै नपाएकाे याे नेताहरूकाे राजनिती, अाज अाएर जनताले छर्लङ्ग बुझे। गाेर्खाकाे शत्रु गाेर्खानै खडा गरेर नवान्नमा यहाँकाे खेल हेरेर हाँसिरहेका छन्, माछाहरू। पुलिस प्रशासनकाे त्रास र धम्कीको भयले उनकाे पछि हिडन बाध्य बनेका तत्वहरूलेनै भाेली बिनय-अनितलाई चुनाव हराउँछन भन्ने कुरा बिनय-अनित, ममता र बिमल सबै पक्षहरूलाई राम्रोसंग थाहा छ। BOA काे जीवन-मरणको कुण्डली ममताकै हातमा छ। अनित-बिनयकाे प्रत्येक कदममा चुनाैती छ। चुनाव नभई ममता रिसाए, चाैकी जाने भय, चुनाव भए गद्दार भनेर जनताले मुला जस्तै उखेल्ने डर। चिल्लाे गाडीभित्र भयभित मनहरू बाेकेर जनसमर्थन जुटाउने कार्यमा लागि परेकाछन बिनय-अनित।
पहाडकाे जनता केे चाहान्छन ?
बर्तमान अवस्थामा, जनताले एक किसिमकाे असुरक्षा महशुस गरिरहेका छन्। चेलिबेटीलाई घरमै अाएर बलत्कार गर्ने र घर जलाउँने खुल्ला धम्कीको बिराेध बिमल गुरूङकाे अनुपस्थितीमा कसैले गर्न सकेनन्। सरकारमा हाम्राे बाेली बिक्छ, भन्ने बिनय-अनितले पनि उताकै पक्ष पाेषणमा गरे। “”हामी पहाडमा शान्ति फर्काउने क्रममा छाै, तिम्राे पुलिस प्रशासनले यसमा खलल पुर्याउने काम गर्दैछ, फेरि पहाड अशान्त भएकाे हेर्न चाहान्छाै?”” मात्रै भनेका भए, त्याे पुलिस अधिकारीलाई कार्वाही हुन्थ्याे, जनताले सुरक्षित महशुस गर्ने थिए। जनतालाई सुरक्षाकाे अलिकति पनि प्रत्याभूति दिन नसक्नेलाई कुन मुटुले अभिभावक मान्नु? सत्य तिताे हुन्छ, बिमल गुरूङकाे अनुपस्थितिले जनता भयभित र असुरक्षित महशुस गरि रहेका छन्।
अब यसरी अघि बढाैं :
बिकाश र चिन्हारी दुई फरक बिषय हुन्। अलगराज्यकाे मागले हाम्राे निम्ति अरूकाे भन्दा केही फरक अर्थ बाेकेका छन्। अन्य समुदायलाई बिकाशकाे निम्ति अलग राज्य चाहिए पनि हामीलाई भने चिन्हारी बाेक्ने राज्य चाहिएकाे हाे। बंगाल सरकारलाई याे कुराे राम्ररी थाहा भएर पनि प्रगतिवादी शक्ति लगाएर अलग राज्यकाे मागलाई सँधैकाे निम्ति कुल्चन चाहान्छन्। गाेर्खाल्याण्ड भन्ने हाम्राे मुखहरू चार दिशामा छाैं। एकाअर्कालाई थुक्छाैं, गाली गर्छाैं र हिलाे छ्याप्ने खेल्छाैं। उता बिराेधमा राज्यकाे बामदल र कंग्रेस त छाेडीदिउ, हामीले खाता खाेलिदिएकाे भाजपा धरि ममताकै लहरमा उभिन्छन्। दिलीप घाेषलाई उफ्रि-उफ्रि धुलाई खान मञ्जुर छ तर गाेर्खाल्याण्डकाे प्रश्नमा ममतालाईनैकाँध हाल्छन्।
“”गाेर्खाकाे बिराेधी गाेर्खा”” हुने समय गयाे अब। बिनयकाे बिकाशकाे नारालाई साथ दिनु हाे भने, बिनय-अनितले पनि बिमलकाे गाेर्खाल्याण्डकाे मुद्दालाई बिराेध गर्नु हुँदैन। “”२०० बर्षमा पनि गाेर्खाल्याण्ड हुँदैन”” भन्ने जस्ता गैर जिम्मेवारी कुरा गर्नु हुँदैन। अहिले बिमलकाे डरलेनै ममताले बिनय-अनितलाई चाराे हालेकाे हाे। बिमल सकिए पछि बंगालकाे उदेश्य पूरा हुनेछ र बिनय अनितकाे दाना-पानी त्यसै दिन बन्द हुनेछ। अब उसाे बिनयले बिकाश गर तर बिमललाई गाेर्खाल्याण्ड माग्न बाधा दिनु हुँदैन। कुर्सीकाे लालचले डेढ कराेड गाेर्खाहरूकाे चिन्हारी, सपना र अाकांक्षा “”गाेर्खाल्याण्ड”” जस्ताे पवित्र शब्दकाे अपमान गर्दै प्रतिक्रान्तिवादमा उत्रिए, भाेलीकाे ईतिहासले अवश्य थुक्नेछ।
(जनता को अवाज बाट)“