आज गुजरातलाई हराउनैपर्ने दबाबमा बैंगलुरु

काठमाडौँ । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज एक खेल हुदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । ६ अंकसहित बैंगलुरु अंकतालिकामा पुछारमा रहेको छ । त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

अंक तालिकाको अन्तिम स्थानमा रहेको बैंगलुरुले आज हार्‍यो भने प्लेअफको दौडबाट बाहिरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *