मध्यमार्गी नरहरी २६ महिनापछि कांग्रेस बैठकमा : दिए यस्तो सुझाव

काठमाडौं, चैत ११ । नेपाली कांग्रेस केन्दीय कार्य सम्पादन समितिको बैठक जारी छ । चुनावी समीक्षा गर्न बोलाइएको बैठकमा नेताहरुबिच चर्काचर्की भइरहेको समाचार प्राप्त भएको छ ।

बैठकमा नेताहरुको मर्यादाक्रम विवादले किचलो बढ्दै गएको छ । गुटगत आधारमा बैठकमा उपस्थित भएका नेताहरु एक अर्का समुहमाथि आरोप प्रत्यारोप गरिरहेका छन् । खासगरी बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधरले चुनावमा हार्नुको दोष सभापति शेरबहादुर देउवालाई लगाउँदै आएका छन् भने देउवा पक्ष आरोपको डटेर प्रतिवाद गरिरहेको छ ।

तर, लामो समयपछि कांग्रेस केन्द्रीय समितिको बैठकमा उपस्थित भएका नेता नरहरी आचार्यले मध्यमार्गी धारण राखेका छन् । मस्तिष्क पक्षघातका कारण लामो समयसम्म उपचारमा रहेका केन्द्रीय सदस्य आचार्यले आरोप प्रत्यारोप गरेर कांग्रेस अगाडी नबढ्ने र पुरानो ढर्रा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उनी २६ महिनापछि पहिलो पटक (मस्तिष्क पक्षघात भएपछि) पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन् । तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको दिन २०७२ फागुन २६ गते कांग्रेस केन्द्रीय सदस्य आचार्यलाई मस्तिष्क पक्षघात भएको थियो ।

आचार्यले बैठकमा राखेको धारणा यस्तो छ

आदरणीय सभापतिज्यू
महामन्त्री, कोषाध्यक्ष एवं सदस्य साथीहरु
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, सानेपा वीपी नगर

२०७४ चैत्र ९ गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत
नेपाली कांग्रेसको यस कार्यसमितिको बैठक २०७४ को समग्र निर्वाचनको समीक्षा गर्न बसेको छ । नेपाली कांग्रेस कमजोर अवस्थामा आइपुगेको जनतमतले देखाएको छ । यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविश्यमुखी बन्नु पर्दछ । यतिखेर वस्तुपुरक र कठोर समीक्षा जरुरी छ । तर आरोप–प्रत्यारोपले मात्रै कांग्रेस माथि आइपरेका यस चुनौतीको सामना गर्न सकिन्न ।

कांग्रेसले आफ्ना राजीनतिक एजेण्डाहरु अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छन् । संघीय लोकतानित्रक गणराज्य नेपालको संविधान हामीले निर्माण ग¥यौं । तर तथतथतथसंविधान भित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौं । कांग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो । तर आफैले गरेको परिवर्तन पछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको छ ।

१. निर्वाचनमा कांग्रेसको हार

निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन । प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन सकेनौं । चुनावको मुखमा पार्टी एकता गरेर जाने बाम गठबन्धनको निर्णयलाई हामीले पनि अवसरका रुपमा लिएर रणनीति बनाउनु पथ्र्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतानित्रक गठबन्धन भने पनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस दोस्रो पार्टी हुनु स्वाभाविकै थियो ।

२. कांग्रेस पुरानै ढर्रामा

कांग्रेस अब पुरानै ढर्रामा अल्मिलिनु हुँदैन । केन्द्रीय कार्य समितिमा नयाँ साथीहरु आइपुग्नु भएको छ । ती साथीहरुले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दा पनि दीर्घकालिन रुपमा विषयलाई हेरेर कार्ययोजना अघि बढाउनु पर्दछ । कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रुपमा उभ्याउनु पर्छ । सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफै विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनु पर्छ ।

३. पार्टी संरचनालाई पूर्णता

कांग्रेस पार्टी विधानले व्यवस्था गरेको संरचनालाई छिटो पूर्णता दिन अत्यन्तै जरुरी छ । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरु पनि पूरा भएका छैनन् । वर्तमान संविधान अनुरुपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्नेछ । त्यसका निम्ति यस केन्द्रीय कार्यसमितिले कार्यतालिकानिर्माण गरेर अघि बढ्नु पर्दछ ।

४. संघीय गणतन्त्रको पूर्णता

कांग्रेसले संघीय गणतन्त्रका बाँकी विषयलाई पूर्ण गराउँदै जानुपर्छ । संघीयताको मोटो खाका संविधानमा कोरिएको छ । बाँकी रहेका अन्य थप विषयमा कांग्रेसले बौद्धिक बहस चलाउनु पर्ने हुन्छ । तत्कालीन राजनीतिक आवश्यकताका कारणले मात्रै होइन, दस्र्घकालीन रुपमा आइपर्ने समस्या सुल्झाउन सक्ने किसिमबाट छलफल आवश्यक छ ।

एउटै बैठकमा सबै कुरा पुरा हुन सक्दैनन् । कामहरु छिटोछिटो गर्दै जानु पर्दछ । विधानमा भनिएका कतिपय कुरा पुरा हुन बाकी छन्, तिनलाई पूर्णता दिदै जानु पर्दछ । पार्टीको विधान संशोधनमा जानुपर्ने अन्य थप विषयहरुमा छलफल गर्न तत्काल महासमितिको बैठक बोलाउने तयारी गर्नुपर्दछ ।
जय नेपाल !
तपाईको साथी
नरहरि आचार्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *