बन्दुक विरुद्ध लाखौं अमेरिकीको कामना : ‘नेभर अगेन’

काठमाडौं, चैत ११ । ‘कहिल्यै यस्तो नहोस् (नेभर अगेन)’को नारा लगाउँदै गत महिना फ्लोरिडा हाई स्कुलमा भएको गोलीकाण्डमा बाँचेकाहरुले सुरु गरेको बन्दुकसम्बन्धी कानुनलाई कडा बनाउन दबाब दिने आन्दोलनलाई समर्थन गर्न हजारौंको संख्यामा युवा अमेरिकीहरु तथा तीनका समर्थकहरु सडकमा उत्रिएका छन् ।
यस प्रदर्शनलाई अमेरिकामा दशकौं यताकै सबैभन्दा ठूलो विद्यार्थी प्रदर्शन मानिएको छ। उनीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र कानुन निर्माताहरुलाई अगाडि आएर यो विषयलाई तुरुन्तै सम्बोधन गर्न आग्रह गरेका छन्।
 यस्ता प्रदर्शनहरु अमेरिकाको एट्लान्टा, बाल्टिमोर, बोस्टन, सिकागो, लसउन्जलस, मायामी, मिनियापोलिस, न्यू योर्क, सनडियागो लगायतका विभिन्न अन्य ८०० शहरहरुमा समेत आयोजना भएको छ। विशेष गरेर राजधानी डीसीमा भेला भएका प्रदर्शनकारीहरुले संसद भवन अगाडिको बाटोलाई नै प्रदर्शनीस्थलमा परिणत गरेका थिए। प्रदर्शनलाई फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले सम्बोधन गरेका थिए।
एमा गोन्जालेजले १७ जना मृतकहरुको ना लिँदा प्रदर्शनकारीहरु स्तब्ध भएर सुनेका थिए। त्यसपछि गोन्जालेज बन्दुकधारीले उनीहरुलाई मार्न लगाएको समय ६ मिनेट २० सेकेण्डसम्म मौन भएर उभिएकी थिइन्। उनकोसँगै प्रदर्शनमा आएका हजारौंको आँखा त्यतिबेला रसाएको थियो।
यो प्रदर्शनलाई ‘मार्च फर आवर लाइभ्स’ नाम दिइएको छ। यसको प्रमुख उद्देश्य राष्ट्रियस्तरमै हतियार बेचबिखन सम्बन्धी कानुनलाई कडा बनाउन सांसद तथा नेताहरुलाई दबाब दिनुरहेको छ।
संसद भवन अगाडि उभिएर १७ वर्षिय स्टोनम्यान डग्लसले भने,’नेताहरु या त हामीलाई प्रतिनिधित्व गर नभए छोड। कि त हामीसँगै उभियू नभए होसियार मतदाताहरु आउँदै छन्।’
अर्का प्रदर्शनकारी डेभिड हगले यो नयाँ दिन भएको बताएका थिए।
‘हामी के विश्वस्त पार्न चाहन्छौं भने हामीले भोट हाल्ने मान्छे राजनीतिज्ञ मात्र भएर नउठोस्, उ अमेरिकी होस्। किनभने उ त्यसले यो कुरा बुझेको जस्तो लागेन,’ स्टेज पछाडि रहेको संसद भवनलाई देखाउँदै उनले भने।
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले समेत ट्वीट गर्दै सो प्रदर्शनको समर्थन गरेका छन्। ‘ठिक गरिरहेका छौ। यसरी नै हो हामी अघि बढ्ने। लाखौंले मागेको परिवर्तनको आवाज आगाडि केही पनि टिक्न सक्दैन,’ उनले लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *