काठमाडौं फोनिजमा राज्यलक्ष्मी

काठमाडौं, चैत ९ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला शाखाको अध्यक्षमा राज्यलक्ष्मी शाक्य चयन भएकी छन् ।

शुक्रबार सम्पन्न महासंघको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा पुर्ण दुवाल, सचिव रोचिना लामा, सहसचिव लक्ष्मी चौधरी र कोषाध्यक्षमा निरुप तामाङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा रुक्साना कपाली, नुनुता राई, रिक्तेन महर्जन, राम मगर, सम्पदा लिम्बु, रिमा लामा, श्यामहरि नापित र ममिता थामी निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई फोनिजको अध्यक्ष डण्ड गुरुङले सपथ ग्रहण गराएका थिए ।

  

नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको प्रमुअ आतिथ्यतामा सम्पन्न कार्यक्रमका संघका महासचिव गजुरधन राई, नेपाल पत्रकार महासंघका पुर्व महासचिव उजिर मगर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता फोनिज जिल्ला शाखाकी अध्यक्ष मिरा राजभण्डारी अमात्यले गरेकी थिइन् ।

जनजाती पत्रकार महासंघको छैंठौं महाधिबेशन यही चैत्र २३ र २४ गते काठमाडौंमा हुने फोनिजका पार्षद लक्की चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *