काठमाडौंको कपनमा आगलागी

काठमाडौं, चैत ८ – काठमाडौंको कपनमा आगलागी हुँदा झण्डै ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

कपन बालुवाखानी नजिकै एक टहरमा रहेको नेपाली कागज कारखानमा आगलागी हुँदा झण्डै ५० हजार रुपैयाँ बराबरको क्षति भएको कपन प्रहरी प्रभागले जनाएको छ ।

आगो लागेको केही बेरमै प्रहरी र स्थानीयबासीले आगो निभाएका थिए । आगलागीबाट मानवीय क्षति भने नभएको र कारखानाको गोदाम पनि सुरक्षित रहेको प्रहरीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *