काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय भेलामा आजबाट बन्द सत्र सुरु

काठमाडौं, चैत ८ ।  नुवाकोटको विदुरमा जारी काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय भेलामा आजबाट बन्द सत्रको कार्यक्रम सुरु भएको छ । बन्द सत्रले गत निर्वाचनमा कांग्रेस हार्नुका कारणहरुको खोजी गर्ने सहभागी नेताहरुले वताएका छन ।

हिजो भएको उदघाटन सत्रमा समेत वोल्ने अधिकांस नेताहरुले पार्टी हारको समिक्षा गर्नमै समय खर्च गरेका थिए । निर्वाचनमा पार्टी हारको समीक्षा गर्ने एजेन्डासहित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला आयोजना गरिएको हो ।

कांग्रेसले पार्टीको कोष व्यवस्थित र पारदर्शी बनाउने अभियानका रुपमा यस्तो भेला गर्दै आएकोमा यस पटक भने राजनीतिक मुद्धालाई प्राथमिकतामा राखिएको कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिनुभयो ।

निर्वाचनमा पार्टी हारको मुख्य कारण गुटबन्दीलाई ठान्दै कोषाध्यक्षहरूले यसको अन्त्य गर्न नेताहरूलाई दबाब दिन नुवाकोट घोषणापत्रसमेत जारी गर्ने तयारी गरेका छन । हिजोदेखि सुरु भएको भेला घोषणापत्र जारी गर्दै आज सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *