​यातायात व्यवस्था विभाग: १ सय १० वटा सार्वजनिक गाडी जफत

काठमाडौं, चैत ८ । यातायात व्यवस्था विभागले २० वर्ष पुराना १ सय १० वटा सार्वजनिक गाडी जफत गरेको छ ।

चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत सुरु गरेकोमा अहिलेसम्म १ सय १० वटा गाडी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।

प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक गाडी गुड्न रोक लगाएको हो । देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९६१ रहेको विभागले जनाएको छ ।

सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएपनि निजी र सरकारी नम्बर प्लेटका गाडीमा पनि २० वर्षे मापदण्ड लागू गर्नुपर्ने माग बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *