मेस्सीको दुरुस्तै आर्ट बनाउने नेपाली प्रतियोगितामा प्रथम

“काठमाडौं, ७ चैत । बार्सिलोनाका अर्जेन्टियन स्टार स्ट्राइकर लियोनल मेस्सीले आयोजना गरेको मेस्सी आर्ट प्रतियोगितामा नेपाली विजयी भएका छन् । प्रतियोगितामा सनिल चित्रकार विजयी भएका हुन् ।

अनलाइन भोटिङमार्फत विजेता छनौट गरिएको हो । मेस्सी आफैंले आधिकारिक फेसबुक पेजबाट विजेता घोषणा गरेका हुन् । उनले यसमा २५ हजारभन्दा बढी भोट प्राप्त भएको जानकारी पनि दिएका छन् ।

सनिलले मेस्सीले हस्ताक्षर गरेको जर्सी प्राप्त गर्नेछन् भने उनको चित्रलाई सान्ट जोन डि डेउ अस्पताललाई लिलामीका लागि प्रदान गरिनेछ । लिलामीबाट उठेको रकम क्यानसर पीडित बालबालिकाका लागि प्रयोग गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *