नोबेलद्वारा बृद्धबृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

लेटाङ, ६ चैत । बृद्धबृद्धालाई लक्षित गरी मोरङको लेटाङ नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा जेष्ठ नागरिक एकता समन्वय केन्द्रले शिविर आयोजना गरेको हो ।

स्थानीय लेटाङ माध्यमिक बिद्यालय परिषरमा भएको शिविरबाट १ हजार १ सय ५५ जना विरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट अधिकांश जेष्ठ नागरिकले उपचार सेवा पाएका छन् ।

बालबालिका र युवायुवती पनि उल्लेख्य संख्यामा उपचारका लागि शिविरमा आएका थिए । विरामीको उपचारका लागि नोबेल अस्पतालबाट बिशेषज्ञ डाक्टरहरु सहित २६ जनाको टोली शिविरमा आएको थियो ।

शिविरमा दम र छातीको रोग भएका बृद्धबृद्धा उपचारका लागि धेरै आएको आयोजकले जनाएको छ । शिविरमा ईसीजी, ल्याव टेष्ट र भिडियो एक्सरे पनि निःशुल्क गरिएको थियो । निःशुल्क उपचार पाएपछि बृद्धबृद्धाले खुःशी ब्यक्त गरेका छन् । नोबेल अस्पतालले विपन्न र असहायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नोबेलमा आएका विपन्न विरामीलाई अवस्था मुल्यांकन गरी लाखौं मुख्य बरावरको उपचार पनि निःशुल्क गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *