खेलाडी संघको अध्यक्षमा राजेश मानन्धर

काठमाडौं, चैत ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको अध्यक्षमा राजेश मानन्धर विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको निर्वाचनमा राजेश मानन्धरले अनिल गुरुङलाई ४ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । कुल ३० भोट मध्ये राजेशले १६ मत र अनिल गुरुङले १२ मत प्राप्त गरे । एक भोट खसेन भने एक भोट बदर भएको थियो ।

यस्तै तीन उपाध्यक्षमा वर्तमान राष्ट्रिय टिमका तीन जना खेलाडी नै विजयी भएका छन् । विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जनले समान १६ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भए । उनीहरुका निकटम् प्रतिद्वन्दी राजेश मास्के, विदुर कुमार विष्ट र मणि शाहले समान १३ मत प्राप्त गरे ।

त्यसैगरी सदस्यमा अधिकांश वर्तमान राष्ट्रिय टिमका खेलाडीहरु विजयी भएका छन् । सदस्यमा विजयी हुनेहरुमा कमल श्रेष्ठ, हेमन गुरुङ, विमल बस्नेत, अन्जन विष्ट, विशाल राई, नवयुग श्रेष्ठ, बाबुकाजी धौवन्जर र दिनेश श्रेष्ठ विजयी भए । दिनेश श्रेष्ठ र वसन्त राज गुरुङले समान १५ मत प्राप्त गरेपछि गोलाप्रथामा दिनेश विजयी भएका हुन् । एक महिला सदस्यको पद भने खाली रहेको छ ।

गत माघ २२ गतेलाई तय भएको खेलाडी संघको चुनाव आज मंगलबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *