सुनसरीको तालतलैया क्षेत्रमा कुकुर आतंक

धरान, चैत ५ । सुनसरीको इटहरी ३ स्थित रहेको तालतलैया पर्यटकीय क्षेत्रमा बहुला कुकुरले जथाभावी टोक्न थालेपछि उक्त क्षेत्रमा आतंक मच्चिएको छ ।

बहुला कुकुरले पशु चौपाया र मानिसलाई समेत टोक्न थालेपछि स्थानीय आतंकित बनेका छन् । बहुला कुकुरले अहिले सम्म ४० पशु चौपायालाई टोकेको छ भने ३ दर्जन भन्दा बढी स्थानीय वासीन्दालाई समेत टोकको छ ।

गाई, भैंसी, वाख्रा लगायत घर गोठमा बाँधिएका पशु चौपायालाई घर घरमा गएर बहुला कुकुरले टोकेको इटहरी ३ का स्थानीयबासी गंगाबहादुर रायले जानकारी दिए ।

आफनो ७० हजार रुपैयाँ पर्ने गाई कुकुरको टोकाईबाट मरेको गुनासो समेत उनले गरेका छन ।

गाउँतिर अधिकांशको पशुलाई कुकुरले टोकेको उनको भनाई छ । तालतलैयाकै किशन ओझाको बाख्रा पनि कुकुरको टोकाईले मरेको उनको भनाई छ ।

हिजो मात्र इटहरी ३ मा आठ जना मानिसलाई समुहमा हिड्ने बौलाह कुकुरले टोकेको इटहरी ३ का वडाअध्यक्ष वालकृष्ण विष्टले बताए ।

तालतलैया क्षेत्रमा बनभोजको समयमा मासु खान पल्केका कुकुरहरु वनभोजको मौषम हटेपछि गाउँमा पसेर पशु र मानिसलाई टोकेर आतंकित बनाई रहेको समेत स्थानीइहरुको भनाइ छ ।

त्यस क्षेत्रका स्थानीय कुकुरको टोकाईबाट आतंकित बने पनि जिल्ला जनस्वास्थ्य कार्यालयले भने वेवास्ता गरेको उनीहरुको भनाइ छ ।

यसैबीच निःशुल्क पाउने रेविजको सुई तत्काल अपलब्ध गराउँन स्थानीयले माग समेत गरेको छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *