एभरेष्ट बैँकको नयाँ एक्सटेन्सन काउन्टर मोरङ्गमा

काठमाडौँ, चैत ५ । एभरेष्ट बैँकले एक कार्यक्रमको बीच आफ्नो नँया एक्सटेन्सन काउन्टर मोरङ्गको बिराटचोकमा विस्तार गरेको छ ।

काउन्टरको उद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा सुन्दर हरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाइ, वरिष्ठ उद्योगी भोला दुलाल, बैकका नायव महप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै आएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *