तरुण दलले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने

काठमाडौं, चैत ४ । नेपाली कांग्रेसको भातृ सस्था तरुण दलले देशका सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।

तरुण दलले नयाँ राजनैतिक परिस्थिति र भावी चुनौतीवारेमा सवै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको अध्यक्ष जितजंग वस्नेतले जानकारी दिनुभयो ।

चैतको पहिलो सातावाट एक नम्वर प्रदेशको झापावाट सुरु हुने प्रशिक्षण कार्यक्रम वैसाख १६ गते डडेल्धुरामा पुगेर समापन हुने तरुण दलले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *