सरकारी विकास योजना र रणनीतिबारे प्रधानमन्त्रीले बृहत छलफल गर्दै

काठमाडौं, चैत ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी विकास योजना र रणनीतिबारे सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आज बृहत छलफल गर्दै हुनुहुन्छ ।

सरकार गठन भएको १ महिना सम्म पनि मन्त्रीपरिषद बिस्तारमै अल्झिएको तथा जनताले राहत महशुस गर्ने खालका कुनै तथा योजना बन्न नसकेको भन्दै आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले आज आफ्नो योजनाबारे छलफल गर्न लाग्नुभएको हो ।

यो बीचमा राष्ट्रपति उपराष्ट्रपति लगायत अन्य पदको निर्वाचन तथा राजनीतिक सहमतिका कारण ठोस कदम चाल्न नसएिको भन्दै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सरकारी काम र योजनाबारे आज बृहत छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री, मन्त्रीहरु र सचिवहरुको बृहत छलफल सिंहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा अपरान्ह ३ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री ओलीले जनताले राहत महुसुस गर्ने र परिवर्तन देखिने गरि योजना तथा रणनीति बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिनुहुने रिमालले बताउनुभयो ।

५ वर्षे स्थिर सरकार र आर्थिक समृद्धिका लागि आफ्नो योजना समेत प्रधानमन्त्रीले सुनाउनुहुने रिमालको भनाई छ  । चुनावका क्रममा बाम गठवन्धनले १० वर्षमा १५ हजार मेगावट विद्युत, प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने जस्ता महत्वकांक्षी योजना ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *