उज्यालो खोज्दै खप्तड चहार्दा

होलिस्टियनहरु स्वभावैले उज्यालोको खोजीमा हुन्छन् । यसो भनौं खुशीले रमाउन चहान्छन् र अरु पनि रमाउन भन्छन् । जति बाँचिन्छ खुशीले निरोगी बनेर बाँच्नुपर्छ, कसैको अकाल मृत्युहुनुहुँदैन भन्ने उनीहरुको मुख्य ध्येय हो – सुस्वास्थ्य, सुशिक्षा, सुसमृद्धि । यसैले हामी पनि सुदूरपूर्पबाट लमतन्न लम्पसार मधेशको छाति हुँदै २०७४ जेठको मध्यन्नको चर्को घाममा हुइँकियौं सूदुर पस्चिमको सदरमुकाम डोटी दिपाइल तिर । सिलगढीको ऊँ गेस्ट हाउसमा थकाइ मारियो एक रात मधेसको गर्मी छल्दै । अनि लागियो खप्तड निकुञ्जतिर जेठ २४ विहानैबाट । झिक्रना पुगेर इन्धन आपूर्ति गरियो यो जीवित मानवरुपी गाडीलाई । जव खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्यौं, लाग्थ्यो अलहादित भएर प्रकृतिले अँगालो हालेर स्वागत गर्दै छ । प्राकृतिक सौन्दर्यसँग खुशी साट्दै अगाडि बढ्दा उकालो त हामीसँग निरीह भनेर आत्मसमर्पण गरीरहेको थियो । हामी भने तँछाड मछाड प्रतिस्पर्धा गरीरहेको थियौं प्रकृतिसँग रमाउने होडबाजीमा । थरी थरीका मोबाइल क्यामेरा । थरी थरीका तस्वीरका ढाँचाहरु । लिगलिगे दौड जस्तो हामी वीच कहिले अगाडि कहिले पछाडि उकालो कट्न प्रतिस्पर्धा नै भैरह्यो ।

डा. सुनुवार डीबी, एल वी मुखिया, एचएमपि पुष्पा ऐर, धनगढीका जीवन खत्री, माया विष्ट, सोनु कार्की र म सहित छ जना थियौं । उकालोलाई जित्नु छ हामीले । उकालोलाई सिथिल पार्न वा उकालोलाई लघुताभास गराउन गीत, गजल गाउँथ्यौं । मनमा स्पूmर्ति बढोस् भनेर ठट्यौली गथ्र्यौ ।

लगभग १३ घण्टामा हामी त्रिवेणीधमा पुग्यौं । पाटनमा चरिरहेका गाई बाख्रा, र्भैसी, घोडा, खच्चड र त्यहाँको प्राकृतिक सौन्दर्यले मोहनी नै लगायो । मानौं म स्विजरल्याण्डमा छु । त्यस्तै त्यस्तै अनुभूति भइरहेको थियो । यहाँका फुल, वनजंगल, खोला, ताल, प्राकृतिक बनोटलाई दाँजेर स्विजरल्याण्डको भ्रममा डुबुल्की मारिरह्यौं ! मन एक क्षण पनि चुपचाप बस्न सकेन । फुत्रुक फुत्रुक एक पछि अर्को मनोदृश्य र के के कुरामा फुरुङ्ग भएर चञ्चल चञ्चल भौतारियो । स्वर्ग नै पुगे जस्तो । बरालिएको मनसँगै पाइलाहरु रौसिएपछि हामीले थाहै नपाई खप्तड गेस्ट हाउसको आँगनमा पो ठिङ्गा उभिन पुगेछौं । झण्डैले गेस्ट हाउसको भित्तोमा ठोक्किएर विस्फोट नभएको । हामी छिट्टै सम्हालियौं ।

जेठ निकाल्दो २५ गते । चराचुरुङ्गीको चिरिबिरी मधुर प्राकृतिक धुनले कानको जरामै ढक्ढकाएपछि को नउठ्ला ? गेस्ट हाउसको ओच्छ्यानमै ढकमक्क फुलहरु र स्वच्छ शान्त वातावरणले विहानी चियानास्ताले स्वागत ग¥यो । घोडा, खच्चड, गाई, र्भैसी, बाख्राहरु आ–आफ्नै समूह बनाएर स्वतन्त्र विचरण गरीरहेका थिए । अहा ! वास्तविक मुक्ति वा स्वातन्त्र त यस्तो पो हो त ! मनमनै सोचेँ ।

नित्यकर्मसँगै गेस्टहाउसको हामीले हाम्रो बसाइको जरा उखेल्यौं । गन्तव्य खप्तड बाबा आश्राम थियो । तर बाटोमा जम्काभेट भएका घोडाका हुल, चाराचुरुंगी, अनेक फूल, जडिबुटी, हरियालीलाई लोभी नजरले अछुतो छोड्थ्यो । सक्दो चुम्यौं । मस्तिस्कको मेमोरी फूल भए होस् । अटेस मटेस हुनेगरी कपी पेस्ट ग¥यौं । सक्ने भए त मलाई ती सबै रमणीय दृश्य कट पेस्ट नै गर्न मन थियो । मन हुँदा हुँदै पनि गन्तव्यमा पुग्नु पनि छ अन्त पनि डुल्नु छ भए जति मनमोहक दृश्य मस्तिस्कको हार्डड्राइभमा सर्न समय लाग्ने भएको हुँदा सा–साना फाइल स्टोर गरेर अगाडि बढ्यौं । जब आश्राम पुग्यौं अनि मनमा कुरा खेल्यो बाबा कसरी आइपुगे होला यहाँ । कसले भन्यो होला ? किन यो ठाउँ नै छाने तपस्या गर्न ?

तर यी सबै प्रश्नको सम्भावित जवाफ मसँग भएको हुँदा त्यति घोत्लिरहनि । अनि त्रिवेणी धामतिर लाग्यौं । केदार ढुंगा, केदार धारा हुँदै हामीहरु त्रिवेणी धाम पुगेका थियौं खप्तड बाबाको आश्रामबाट । मन पुलकित छ । के के न गरौं गरौं लाग्ने । के के न पाइन्छ मागौं मागौं लाग्ने । केही न केही नगरी कहाँ मान्थ्यो यो पुलकित मन । हरियाली ठूला ठूला फाँट, पाटन ओडेर मुसुक्क मुस्काएर अबोध मुस्कान पस्किँदै इत्रिएकी कुमारी प्रकृतिको सौन्दर्यले हामी निःशब्द थियौं । बेहोसीमै त्रिवेणी धाममा फुलपाती चढाउने होस भने झस्किएर व्युँतेछ । कति हतार भए जस्तै प्रकृतिको चेपचेप, ढुंगाको कापकाप कलकल आनन्दको चरम उत्छ्वस ओकल्दै गरेका पानीका बहव र छहराहरुले झनै उत्तेजित पारीरहेको छ ।

मौका, पटक पटक दोहरीएर आउने सबैले छानेर रहेको काम नलाग्ने पतुर र विसर्जन गरिएको बस्तुलाई पनि चतुर व्यापारीले काठमाडौंका फुटपाथमा सस्तो सस्तो होलसेलमा एउटै दाम भनेर डेटाउट सामान बेचिने व्यापार होइन । यसैले छाड्ने कुरै भएन समयले जुराएर ल्याएको यो मौकालाई । एक तास फोटो भन्छन् अरुले । हामीले भने ओल्टाइपल्टाइ रोजी रोजी, छानी छानी, आफ्नो मन लाग्दो सके जति फोटो खिच्यौं । उहिलेको जस्तो छत्तीस वटा मात्र फोटो अट्ने साँगुरो मनको क्यामेरा भए पो डराउनु ? आँगालो कसेर धित्मरुञ्जेली चुम्दै चुम्दै खप्तड दह, सुकि दह, वल्ले जुडो, सशस्रलिंग, केदारडाँडा, घोडा दाउना पाटन फन्को मारियो । जसरी रानी मौरीले चुम्छ भालेलाई प्राणै लिने गरी । भलै हामी रानी मौरीले जस्तो भाले नै मार्ने गरी चुमिएन । यसो भनौं हामी त्यत्तिको क्रुर थिएनौं । र, होलिस्टिएनहरु स्वभावैले क्रुरुर होइनन् जसरी हामी थियौं । खप्तडको उत्तेजित कुमारी वैंशमा बुर्कुशी मार्नु पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिने कुरै भएन । जसरी समभोगको उत्कर्षलाई व्यक्त गर्न सकिन्न । अनुभूत गर्ने कुरा भनेर, बयन गरे साध्य छँदै छैन । हौ, यत्ति लहस्सिए छौं कि खप्तडको मायामा खप्तड गेस्ट हाउसमा होलिस्टिक सिइओ डा. सुनुवार डीबी सरले खप्तडबाट बाजुरा, बझाङ हुँदै डडेलधुरा निस्कीने भोलि जेठ २६ को आइटिनरी बताउँदा मात्र झसंगा भयौं । भलै डीबी सर सम्हालिनु भएको रहेछ ।

मन अमिलो छ । अमिलो आचार, पावुँमा मात्र सुहाउँछ क्यार ! आज भने अमिलो यति साहो नमिठो लाग्यो । मनै बिग्रियो । फुलै फुलसँग लुकामारी खेलेको, प्राकृतिक हरिया गलैंचामा ¥याम्प गरेको, यदि कतै स्वर्ग छ भने यही हो स्वर्ग । पाप धर्म कतै छ भने मुक्ति, निर्वाण र मोक्ष प्राप्ति हुने हो निर्भय समभावले बाँच्न पाउँदा यस्तै हुन्छ होला भन्ने लाग्दा लाग्दै खप्तडलाई गह्रुँगो मन लिएर छाड्नै पर्ने भो । त्यतिबेला मात्रै हामीलाई होस् आयो हामी त खप्तड घुम्दै पो छौं त दुई दिनको पाहुना पो हौं नि ।

जतिबेला एक प्रेमी आफ्नो प्राणभन्दा प्यारी प्रेमिकालाई छाडेर प्रदेश लाग्छ त्यतिबेला के पीडाबोध गर्ला र ! हामीलाई खप्तड छाड्नुको पीडाबोध त्यो भन्दा बढी नै भयो कि भन्ने भ्रम गिदीमा हुँडालीरहेको थियो । तर के गर्नु ? छुट्नै छ देवीदेउता भाके नि नौडाँडा काटे नि होलिस्टिका माया बाँड्दै हिड्नु छ । हामीले बाटो ततायौं जसरी एउटी दुलाही विहे गरेर जन्मघर छाडेर कर्म जान्छिन् घुँक्कघुँक्क रुँदै फर्की फर्की बाबुआमा, दाजुभाई, दिदीबहिनी, नातागोता, छरछिमेकी र माटोलाई जबर्जस्ती बिर्सिने भ्रम बोकेर जन्तीले घेरिए गलित पाइला अगाडि बढाउँछिन् हाम्रो हविगत उस्तै उस्तै थियो ।

फर्केर हेर्दा हेर्दै घोडा दाउना पाटनमा चरीरहेका घोडा, गाईभैंसी, भेडाबाख्राका हुल, वनपाखाहरु ओझेल पर्दै गए । मायालु मन्दमन्द हावाले सूस्तारी विदाइको देउडा गुन्गुनाइरह्यो :

डोटी राम्रा डँडेल्धुरा अछाम राम्रा साँपे।
मलाई पनि उडाई लैजा हिउँचुलीका डाँफे॥
दुल्लुदेई दैलेख सम्म जाँथी हान्यो खम्म।
खाँक फाल तिर्सना झाल घाम लागन्ती सम्म॥

भावुक मन उकालीओराली गर्दै घोडा दाउना, लोखडा, छात्ता, दारु गाउँ, कालिखेत हुँदै सात घण्टाको बाटो नापेको थाहै भएन । बाझाङ सदरमुकाम पुगेपछि मात्र झस्क्यौं । ती बनभरि पाकेका काफल, ऐसेलु, किरमाणा हाम्रो अतीत बने एकै क्षणमा । खेत जोतीरहेका, रोपाइँ गरीरहेका दृश्यहरु सपना जस्तै भए । हामीले हाम्रो कर्तव्यको बोध ग¥यौं । हामी त खप्तडसँग खुशी साट्न पो आएका हौं त । हामी सम्हालियौं । बागथला, श्रीभार, खोड्पे, बैतडी अनेरी खोला हुँदै अझै टाढा टाढा जानु छ । हाम्रो यात्रालाई डढेलधुरातिर सोझायौं, मनभरि मुटुभरि खप्तडको माया साँचेर …

म पारी गैजाने थिएँ नित्र गंगा नित्र।
मै जसो दुस्खारी क्वै नाई चौध अञ्चल भित्र॥
भैसाथी जाँदैन भन्दो बामनको बर्म।
दुस्ख पाउनु प्रदेशै धाउनु के बिग्री होई कर्म॥

(साहित्य संगालो)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *