युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक

युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । अघिल्लो सिजनको फाइनलमा खेलेका दुई टोली रियल म्याड्रिड र युभेन्टस अहिले क्वाटरफाइनलमा भिड्दै छन् । त्यस्तै दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुलले एकअर्काको सामना गर्दै छन् । बायर्न स्पेनिस टोली सेभियाको सामना गर्दै छ भने बार्सिलोनाले इटालियन क्लब एएस राेमासँग भिड्ने छ ।

टोलीहरुले पहिलो लेग अप्रिल ३ र ४ मा खेल्ने छन् भने क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १० र ११ मा खेल्ने छन् ।

यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका छन् भने जर्मनीबाट १ टोलीले अन्तिम १६ मा प्रतिनिधित्व गर्दै छ । यस सिजन फ्रान्सबाट कुनै टोलीले अन्तिम ८ मा स्थान बनाउन सकेन ।

 

बार्सिलोना विरुद्ध एएस रोमा

सेभिया विरुद्ध बायर्न म्युनिख

युभेन्टस विरुद्ध रियल म्याड्रिड

म्यानचेस्टर सिटी विरुद्ध लिभरपुल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *