खाद्य स्वच्छन्दताका आधारमा वर्गिकरण गर्न होटलहरु निरिक्षण

धरान, चैत २ । खाद्य प्रविधी तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले धरानका होटलहरुलाई वर्गिकरण गर्नका लागी निरिक्षण गरेको छ ।

खाद्य स्वच्छन्दता, भान्सा कोठाको सरसफाई, भण्डारण, दर्ता लगायतको आधारमा होटल तथा रेष्टुरेन्टहरुलाई वर्गिकरण गरिने भएको हो ।

गुण नियन्त्रण कार्यलय सुनसरीका खाद्य निरिक्षक रमेश दाहालले धरानका २५ वटा होटलहरुको वर्गिकरण गरिएको जानकारी दिएका छन् ।

धरानका २५ होटल मध्ये ५ वटा अति उत्तम थ्री स्टार होटलमा वर्गिकरण गरिएको छ ।

थ्री स्टार होटलका रुपमा मुल्याङकन पाउनेमा धरान किचेन, बराह फेमली किचेन, हाङकुक साराङ ककोरिय रेस्टुरेन्ट, धरान किचेनको सेकुवा कर्नर एण्ड थकाली किचेन र होटल इजिराईड रहेका छन् ।

टु स्टारमा वर्गिकरणमा ७ वटा होटेल परेका छन् सो अन्तर्गत होटल सेछ, ड्रिम्ब ल्याण्ड, विग क्याफे, गोर्खा किचेन, सुभम होटल लगायतका होटलहरु परेका छन् ।

त्यस्तै एक स्टार वर्गिकरणमा होटल कञ्चनजंगा, पाण्डा रेस्टुरेन्ट, बर्गर क्याफे, कुजानु खाजा घर लगायत गरि ७ वटा रहेका छन् ।

हलुवाई बेकरी क्याफे, योञ्जन खाजा घर, हग्री आई, नमस्कार, सत्कार, माडवारी बासा लगायत ७ वटा होटलहरुले निम्न स्तरको पहेँलो स्ट्रीकर पाएका छन् ।

कार्यालयले अति उत्तम, उत्तम र सामान्यको वर्गिकरण गरेको थियो । समान्य भनिएका होटलहरुको किचेन, भण्डारण, सरसफाईमा कमजोरी देखिएको निरिक्षक दाहालले जानकारी दिएका छन् । पहिलो चरणमा २५ वटालाई वर्गिकरण गरिएको र बाँकीलाई क्रमशः वर्गिकरण गर्दै जाने उनले बताए । निम्न स्तरमा परेका होटलहरुलाई सुधार गरेर निवेदन दिए पुन निरिक्षण गरि वर्गिकरण गर्ने दाहालले जानकारी दिए ।

निरिक्षणमा होटल एसोसिएसन धरानका अध्यक्ष, सुवर्ण श्रेष्ठ, सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटा, होटल व्यवसायी कृष्ण पाठक लगायतको सहभागीता रहेको थियो ।

धरानमा साना ठूला गरि करिव १५० वटा होटलहरु सञ्चालनमा रहेकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *