सार्कस्तरीय छैटौँ व्यवसायिक नेतृत्व सम्मेलन शुरु हुँदै

काठमाडौं, चैत्र २ । सार्कस्तरीय छैटौँ व्यवसायिक नेतृत्व सम्मेलन काठमाडौंमा आज शुरु हुँदैछ । सार्क उद्योग वाणिज्य संघको आयोजनामा हुने सम्मेलन ३ दिनसम्म चल्नेछ ।

सम्मेलनको साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । सम्मेलनका विभिन्न सत्रमा सार्कका साझा आर्थिक अवधारणा, राजनीतिक र आर्थिक क्षेत्रको विकास, उर्जाका लागि क्षेत्रीय एकता लगायत बिषयमा छलफल हुने आयोजकले जनाएको छ ।

क्षेत्रीय आर्थिक तथा व्यवसायिक विज्ञ, नीति निर्माताहरुलाई एक साथ ल्याई छलफल र बहस गर्दै समस्याहरुको समाधान खोज्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न मुलुकका गरी २ सय बढीको सहभागिता रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *