नेपाल VS पपुवा न्यूगिनी प्रत्यक्ष प्रशारण

चैत १, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपालले टस जितेर फिल्डिङ गरिरहेकाे छ । पपुवा न्यूगिनी ब्याटिङमा छ । अहिलेसम्मकाे स्थितिमा नेपालले १५ अाेभरकाे खेलमा ५८ रन दिँदै ४ विकेट लिन सफल भएकाे छ । संन्दीप लामिछानेले दुर्इ विकेट लिर्इसकेका छ्न् । उनले १३ औं ओभरको चौथो बलमा सन्दिप लामिछानेले चार्ड सोपरलाई १० रनमा आउट गरे ।

यसअघि आठौं ओभरको पाँचौ बलमा करण केसीले टोनी उराको विकेट लिएका थिए । नेपाललाई पहिलो विकेट सोमपालले दिलाएका थिए ।

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउन चाहन्छ । तर, यसका लागि पपुवा न्यूगिनीलाई हराएर मात्र हुँदैन, नेदरल्याण्डले हङकङलाई हराउनु पर्ने हुन्छ ।

प्रत्यक्ष प्रशारण

https://www.youtube.com/watch?v=YSifRBx2ZQ4

नेपाल र हङकङ दुबैले जितेमा भने सातौं स्थानका लागि हुने खेल पनि जित्नु पर्नेहुन्छ । हारले भने एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ भने डिभिजन टूमा घटुवा पनि हुनेछ ।

विश्वकप छनोटमा पपुवा न्यूगिनीले एक खेल पनि जितेको छैन । तर, ठूला टिमविरुद्ध सम्मानजनक प्रदर्शन गरेकाले नेपालले सहज रुपमा लिन नहुने देखिन्छ । उसको बलिङ र फिल्डिङ चुस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *