स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत डा.सुनिल शर्मा पुरस्कृत (भिडियाे सहित) 

विराटनगर, ३० फागुन । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई बुधबार पुरस्कृत गरिएको छ । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले ७ औं बार्षिकोत्सवको अवसर पारेर डा.शर्मालाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले डा.शर्मालाई माला र खादा ओढाएर ९ हजार ९ सय ९९ नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । नोबेल अस्पतालबाट पछिल्लो एक बर्षको अवधिमा ५० हजारभन्दा बढी विरामीको निःशुल्क उपचार गरेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकाले डा.शर्मालाई पुरस्कृत गरिएको न्यू सृष्टि दैनिकका प्रकाशक तथा प्रधान सम्पादक शंकर खरेलले बताएका छन् ।

स्वास्थ्य ब्यवसायमात्र होइन सेवा पनि हो भन्ने भावनाका साथ अग्रसर डा.शर्माले कमाएको ख्याती धेरैका लागि उदाहरणीय हुनसक्ने सम्मानपत्रमा उल्लेख छ । सम्मानीत भएपछि डा.शर्माले स्वास्थ्य क्षेत्रमा अझै योगदान पुर्याउँनुपर्छ भन्ने भावना र उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

सन् २००४ बाट सञ्चालनमा अाएकाे नाेवेल मेडिकल कलेज टिचिङ हस्पिटलले कमजाेर अार्थिक अवस्था भएका सर्वसाधारणलार्इ निः शुल्क स्वास्थ्याेपचार मात्र गरेकाे छैन । पूर्वाञ्चलका विभिन्न क्षेत्रका विपन्न वर्ग, दलित, डाेम समुदायका विद्यार्थीलार्इ निःशुल्क स्वास्थ्य शिक्षा समेत प्रदान गर्दै अार्इरहेकाे छ ।

हेर्नुहाेस् भिडियाे

https://www.youtube.com/watch?v=QQGgHj-YVnU”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *