यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

काठमाडौं, चैत १ ।  पराजुली पदमुक्तिका पाठ : नागरिक

पदावधि समाप्त भएको सात महिना १० दिनपछि प्रधानन्यायधीश गोपाल पराजुली पदमुक्त भउा छन् ।

तत्कालीन प्रधानन्यायधी शुसीला कार्कीले पराजुलीका कागजातका आधारमा निर्धारण गरेको जन्ममितिसम्बन्धी निर्णय पालना गरेको भए अहिले न्यायलयमा रहेको विकृतिको उत्कर्ष रुप पनि देखिने थिए ।

प्रधानन्यायधीशको जिम्मेवारीमा रहेका ब्यक्तिले समेत मुलुकका कानुन् र मर्यादा पालना नगरेपछि सम्मानित न्यायलयमा बेथिति सिर्जना हुने नै भयो ।

उमेरका आधारमा अवकाश भईसक पनि पदमा रहेर विवादास्पद निर्णय गरिरहँदासमेत टुलुटुलु हेरिरहनुपर्ने अवस्थमा सिंगो संस्था रहेको देखिएको हो ।

संवैधानिक मार्यादाक्रमको उपल्लो स्थानमा रहेका प्रधानन्यायधीशबाट समेत त्यसको ख्यालै नगरी निर्णय हुन थालेपछि राजइ प्रणालीमै विचलन देखिने अवस्था महसुस भएको हो ।

सुख्खा याममा आगलागीको भय : नेपाल समाचारपत्र 

हरेक वर्ष गर्मी महिना शुरू भएसँगै आगलागीका घटनाको कारण ठूलो जनधनको क्षति हुने गरेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठूलो घटनाको रूपमा देखिने गरेको छ ।

आगलागीका कारण निजी सम्पत्ति मात्र हैन, सार्वजनिक स्रोत–साधनको समेत नोक्सान हुने गरेको छ । आगलागीकै कारण प्राकृतिक स्रोतको रूपमा लिइने वनजंगल पनि सखाप हुने गरेको छ । विशेष गरी फागुनदेखि जेठसम्म हावाहुरीका साथै मौसमी तापक्रम बढ्ने भएकाले यो समयमा आगलागीका घटना धेरै हुने गरेको पाइन्छ ।

आगलागीका घटनामा क्षति बढ्नुमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियता बढाउन नसक्नु, सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्ने बाध्यतजस्ता थुप्रै कारण छन् ।

विगतमा भएको आगलागीका घटनालाई केलाउने हो भने, धेरैजसो सानो मानवीय गल्तीका कारण आगलागी हुने गरेको पाइन्छ । गाउँघरमा खाना पकाइसकेपछि लापरबाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोतर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, राम्ररी घाँस पलाउँछ भनेर कान्लामा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ । पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युत्को पोल तथा लाइनको नियमित मर्मतसम्भार नगर्दा पनि कतिपय ठाउँमा विद्युत् सर्ट भई आगलागीका घटना भएको पाइन्छ ।

राष्ट्रपति भण्डारीको जिम्मेवारी : कान्तिपुर 

पहिलो महिला राष्ट्रपति इतिहास कामय गरिसकेकी विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधान र संघीय कानुनले तोकेको अधिकार क्षेत्रमा रहेर आगामी पाँच बर्षसम्म अधिभावकत्वको भुमिका निर्वाह गर्नुपर्नेछ ।

राष्ट्रपति भण्डारीको यसअघिको कार्यकाल समग्रमा सन्तोषजनक रहे पनि उत्तराद्र्धतिर कतिपय प्रसंगमा विवादति बन्नुपरेको थियो ।

दुइबर्षे कार्यकालको अनुभवका आधारमा भण्डारीले संविधानको पालना र संरक्षणमा परिपक्वता देखाउन सके राष्ट्रपति पदकै गरिमा उँचो बन्नेछ र त्यसबाट संघी लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा पुग्नेछ ।

स्टेफनबाट सिकौं : अन्नपुर्ण 

गोरखाको एक विद्यालयमा पढ्दै गरेकी किशोरीलाई उनकै आमाले बोक्सीको नाममा विद्यालय प्रांगणदेखि गाउँपालिका कार्यालय हातासम्म हातपात गरेको समाचार हामीले मुखपृष्ठमै प्रकाशन गरिरहँदा अन्तर्राष्ट्रिय समाचारका हेडलाइनमा भने स्टेफन हकिङ छाइरहेका छन्।

एकातिर हामी बाँचेको युगका महान् वैज्ञानिकको निधनको समाचारसँगै उनको चर्चा भइरहनु र अर्कोतिर मध्ययुगीन अन्धविश्वासको पुनरावृत्ति प्रकाशन गर्न बाध्य हुनु यी दुई तथ्यले हामी बाँचेको बिब्ल्याँठो वर्तमान उजागर गर्छन्। यहींनेर हाम्रो शिक्षा पद्धति र राजनीतिक–सामाजिक आन्दोलनका कमजोर पक्षहरू पनि उजागर हुन्छन्।

स्टेफन हकिङ महान् भौतिकशास्त्री थिए। सन् १९६३ मा २१ बर्से उमेरमा मोटर न्युरोन रोगका कारण डाक्टरले दुई वर्षभन्दा बढी नबाँच्ने घोषणा गर्दा पनि हकिङले हरेस खाएनन्।

त्यसपछिका हरेक क्षणलाई उनले मानव जातिको कल्याणका निम्ति सदुपयोग गरे। एउटा हातमा म्याक्स प्लांकले जग हालिदिएको क्वान्टम भौतिकीको र अर्को हातमा अल्बर्ट आइन्स्टाइनले जग बसालिदिएको सापेक्षतावादको सिद्धान्तको सहारा लिएर सिंगो ब्रह्माण्ड र समयको आदिदेखि अन्त्यसम्मको व्याख्या गर्न तल्लीन हकिङ विज्ञान मानव जातिको हित, कल्याण र प्रगतिका पक्षमा भएको साबित गर्न चाहन्थे।

सन् १९६८ मा भियतनाम युद्धविरुद्ध प्रदर्शनमा उत्रिएका हकिङ राजनीतिक र आर्थिक हानथापले मानव जातिकै अस्तित्व संकटमा पर्नेमा चिन्तित थिए।

मानव जाति सय वर्षसम्म अस्तित्वमा रहन सक्नेमा उनले व्यक्त गरेको चिन्ता समकालीन विश्व नेतृत्वले चासो दिनुपर्ने विषय हो। पर्यावरणीय विनाश र विश्वव्यापी तापमान वृद्धि हकिङले पछिल्लो समय सबैभन्दा बढी चिन्ता व्यक्त गरेको विषय हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *