उपराष्ट्रपति निर्वाचन चैत ९ गते

काठमाडौं, फागुन ३० । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ९ गते हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उपराष्ट्रपतिको निर्वाचनको लागि मिति तय गरिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

भोलि चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । चैत ९ गते शुक्रबार विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्छ । राष्ट्रपतिमा खस आर्य समुदायका महिला विद्यादेवी भण्डारी निर्वाचित भएकाले त्यस बाहेकका लिङ्ग वा समुदायको व्यक्ति मात्र उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *