साेचेकाे भूमिका नपाउँदा स्ट्रार्इकर विमलले माेहन बगानसँग सम्झाैता ताेडे

फागुन ३०, काठमाडाैं । नेपाली राष्ट्रिय टिमका सफल खेलाडीले भारतीय फुटवल क्लबमा साेचे अनुसार स्थान नपाउँदा सम्झाैता ताेडेका छन् । नेपाली राष्ट्रय फुटवल टीमका फरवार्ड विमल घर्ति मगरले क्लबका भने जस्ताे भूमिका नपाउँदा सम्झाैता अगावै सम्झाैता रद्द गरेका हुन् ।

भारतीय फुटवलकाे चर्चित क्लब मोहन बगानसँग गरिएकाे सम्झाैता दुवै पक्षले टुंग्याएकाे हाे । आपसी समझदारीमा ३ महिनाको लागि गरिएको सम्झौता ४५ दिनमै टुंग्याएकाे स्ट्राइकर विमलले बताएका छन् । हाइटीका सोनी नर्डे घाईते भएपछि कोलकाता पुगेका विमलले सोचे अनुरुपको भूमिका प्राप्त गर्न सकेनन् । नेपालका गोलरक्षक किरण चेम्जोङ आबद्द मिनेर्भा पन्जाबले आइलिग उपाधि जित्दा मोहन बगान तेस्रो स्थानमा सिमित भएको थियो।

विमलले क्लबसँगको सम्झौता आपसी समझदारीमा टुंग्याएको बताए। उनले भने,‘क्लबले मलाई मैले सोचे अनुरुपको पर्याप्त खेल समय दिइरहेको थिएन। मार्च ३ तारिखमा चर्चिल ब्रदर्स विरुद्धको खेलपछि नै क्लब र मैले आइलिग सकिएपछि सम्झौता टुंगाउने निर्णयमा पुग्यौ।’

फेब्रुअरी ३ मा सिलोङ लाजोङविरुद्ध डेब्यु गरेका विमलले आइलिग ६ खेलसम्म रहेको सम्झौताको क्रम पहिलो ३ खेलमा मात्र मैदान प्रवेश गर्न पाए । कुल ८२ मिनेट खेल्ने क्रममा विमलले गोकुलम केरलाविरुद्धको खेलमा एक गोलका लागि पास उपलब्ध गराएका थिए। सो खेल पश्चात विमलले मैदान प्रवेश गर्ने अवसर प्राप्त गरेनन् ।

नेपालले आगामी मार्च २७ तारिखमा एसियन कप छनोटको अन्तिम खेलमा यमनको सामना गर्दैछ । उक्त खेलका लागि विमल नेपाल आउनुपर्ने थियो । यसबाहेक आइलिगमा झैं आगामी महिना सुरु हुने सुपर कपमा एसियन कोटा नभएको कारण पनि क्लबले उनलाई छाड्न मानेको हो । क्लबले नयाँ खेलाडीको रुपमा डिफेन्डर भित्र्याउन खोजेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *